अबैध गाँजा खेती नष्ट तथा फडानी:-
२०८२-०९-२२
- A
- A-
- A+
१. सर्लाही, लालबन्दी नगरपालिका वडा नं. १४ र वडा नं. १५ स्थित
आसपासको चुरे क्षेत्र, सिरु डाँडा, ब्लोन टोल र कालिन्जोरबाट अन्दाजी १३ बिगाहामा
रहेको अन्दाजी २ लाख २० हजार भन्दा बढि अवैध गाँजाको बोट विरुवा सोमबार बिहान
प्रहरीले नष्ट तथा फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी
कार्यालय लालबन्दीबाट खटिएको प्रहरीको संयुक्त टोलीले स्थानीयहरुले आफ्नो घर तथा
जग्गामा लगाएका अवैध गाँजा खेती नष्ट तथा फडानी गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।