अबैध सामान सहित मानिस नियन्त्रणमा
२०८२-११-२९
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका वडा नं.
१४ स्थित गण्डक चेक प्वाईन्टबाट अबैध भन्सार छली ( बिल बिजक भन्दा बढि भएको )
खुद्रा सामानहरु गरी अन्दाजि मुल्य रु. ३,५८,५६,५३५।- (तिन करोड अन्ठाउन्न लाख
छप्पन्न हजार पाँच सय पैतिस ) बराबरको समान सहित बा ४ ख ४७७ र म.प्र.०३-००२ ख ४३३७
नम्बरको दुई वटै डब्बा (ट्रक) बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी
कार्यालय पर्सा र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले
बिरगंजबाट पथलैया तर्फ जादै गरेको उक्त ट्रकहरुलाई चेकजाँच गर्ने क्रममा बिल बिजक
भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त डब्बा (ट्रक) हरुलाई नियन्त्रणमा लिई
आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।