लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०२
- A
- A-
- A+
१. सर्लाही,
मलंगवा नगरपालिका-७ गणेशिया स्थितबाट अवैध लागूऔषध गाँजा ७०० ग्राम सहित २ जनालाई
आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-७ गणेशिया
बस्ने अन्दाजि बर्ष ५५ को विल्टु
राय यादव र सोही स्थानमा बस्ने अन्दाजि बर्ष ३० की राम राजी देबी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थ
सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, बिष्णुपुर गाँउपालिका-१ नहर स्थितबाट अवैध लागूऔषध ONEREX (सिरप) २० बोतल , PYRONIX SPAS ८ वटा ट्याब्लेट र PYRONIX SPAS २ वटा ट्याब्लेट र प्रदेश १-०२-०५३ प ४२७५ नं.को मोटरसाइकल सहित १ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-८ मझाउ बस्ने ठकु महतोको छोरा अन्दाजि बर्ष २६ को जितेन्द्र कुमार महतो रहेका छन् । इलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहाबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।