प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित लागु औषध सहित दुईजना मानिस पक्राउ

२०७९-१२-०६

  • A
  • A-
  • A+
Share


पर्सा, मिति २०७९।१२।०४ गते अं.१८:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईनर्वागाँउ स्थित धर्मकाँटा अगाडी पार्किङमा रहेको BR 07 GA 9691 नम्बरको मिनि ट्रकभित्र लागु औषध गाँजा लुकाई छिपाई राखिएको छ भन्ने बिशेष सुचनाको आधारमा जि.प्र.का.पर्साबाट प्रहरी उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटीइ गई उल्लेखित मिनि ट्रकलाई कानूनी रीत पुर्‍याई चेकजाँच गर्दा उक्त ट्रकको पछाडी भागको तल सामान राख्ने गोप्य ठाउँ बनाई लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध गाँजा १४९ के.जी. फेला परेको हुँदा उक्त लागु औषध गाँजा, मिनि ट्रक र ट्रक चालक देश भारत राज्य मोतिहारी पुर्वी चम्पारण जिल्ला पोष्ट सपाहा दक्षिणी मनासिङ्गा लक्ष्मीपुर वडा नं. ११ बस्ने बर्ष २७ को ओम प्रकाश सिंह समेतलाई नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याइ लागु औषध सम्बन्धी कसुरमा मिति २०७९।१२।०५ गते पर्सा जिल्ला अदालतबाट दिन-७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको   ।   

साथै, मिति २०७९।१२।०४ गते अं.२१:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा वी.म.न.पा.१ ह १-०११८ नम्बरको ई-रिक्सा संकास्पदरूपमा भारत रक्सौलबाट वीरगञ्ज तर्फ जाँदैगरेकोमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले कानूनी रीत पुर्‍याई चेकजाँच गर्दा उक्त ई-रिक्सा चालक जिल्ला पर्सा वी.म.न.पा. वडा नं. १५ भिष्वा बस्ने बर्ष २०को  बलजित यादवले ई-रिक्साको सिट मुनी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध Onerex 100 ml लेखीएको सिरफ ५ कार्टुनमा १७८ बोतल फेला परेको हुँदा उक्त लागु औषध Onerex, ई-रिक्सा र ई-रिक्सा चालक बलजित यादव समेतलाई नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याई लागु औषध सम्बन्धी कसुरमा मिति २०७९।१२।०५ गते पर्सा जिल्ला अदालतबाट दिन-७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको   ।            

सम्बन्धित समाचार
बिल बिजक भन्दा बढी खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०९-०५

१.    बारा, जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट बिलबिजक भन्दा बढी अन्दाजी मुल्य रु.५१,५१,६३७/- (एकाउन्न लाख एकाउन्न हजार छ सय सैंतिस रुपैयाँ) बराबरको खुद्रा सामान सहित प्र ०१-०२-००१ ख ८०७३ नम्बरको ट्रकलाई बिहीबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिराटनगरबाट रुपन्देही तर्फ जाँदै गरेको उक्त ट्रकलाई चेक जाँच गर्दा बिलबिजक भन्दा बढी सामान रहेको तथा राजश्व छलिको आशंकामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।  २.    बारा, जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट बिल बिजक भन्दा बढी सामान अन्दाजी मुल्य रु. १०,२०,४८२/- (दश लाख बीस हजार चार सय बयासी रुपैयाँ) बराबरको खुद्रा सामान सहित ना ७ ख १३१० नम्बरको ट्रकलाई बिहीबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको उक्त ट्रकलाई चेक जाँच गर्दा बिलबिजक भन्दा बढी सामान रहेको तथा राजश्व छलिको आशंकामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

फरार प्रतिवादी पक्राउ
२०८१-०९-०३

 १.     बारा, चेक अनादरविगो मुद्दामा १ वर्ष कैद र रु. ६,०२,०००/- (छ लाख दुई हजार रुपैयाँ) जरिवाना तोकिएको फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका ९ छातापिपरा बस्ने प्रहलाद चौधरीको श्रीमती बर्ष ५५/५६ की ईन्द्रा देवीलाई मंगलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निज ईन्द्रा देवीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.     सिरहा, सवारी ज्यान मुद्दामा २ महिना ४ दिन कैद सजाय भएको फरार प्रतिवादी गोलबजार नगरपलिका ११ बस्ने बर्ष ५६ को नजामुदिन भन्ने मोहम्द नेजाम खालाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजकै गाउँबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-०३

१.     धनुषा, जनकपुरधाम उपमहानगरपालिका ८ राष्ट्रिय प्रा. वि. दशरथनगरको स्कुल कम्पाउण्डबाट लागू औषध NITRAVET-10 २० पत्ता (प्रति पत्ता १५ पिस), ज ६ प २३९९ नम्बरको डिस्कभर मोटरसाईकल र नगद ने.रू. ९,८८०/, कोरियन नोट रू. १,०००/- सहित जिल्ला महोत्तरी मनरा सिस्वा नगरपालिका १ बस्ने वर्ष २० को विवेक तिवारी र वर्ष २१ को प्रियस कुमार तिवारीलाई मंलवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध र नगद सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-०२

१.      बारा, जितपुर सिमरा उपमहानगरपालिका २१ स्थितबाट १५ के.जी. लागू औषध गाजाँ सहित देश भारत जिल्ला मोतिहारी ग्राम पंचायत राजमुरा-१४ चाग्डी गाउँ बस्ने वर्ष २६ को अखिलेख कुमार साह र सोही स्थान बस्ने वर्ष १९ को राज कुमार पासवानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको BA 22 J 5333 नम्बरको भारतीय कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारमा सवार निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.     बारा, निजगढ नगरपालिका ४ बकैया खोलाको कच्ची सडक खण्डबाट लागू औषध गाँजा ६ के.जी. ७६० ग्राम सहित जिल्ला रौतहट फतुवा बिजयपुर नगरपालिका ४ बस्ने वर्ष २५ को राम प्रबेश महतो र फतुवा बिजयपुर नगरपालिका ९ बस्ने वर्ष २१ को राजेश  महत्तोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले बागदेवबाट पुरानो निजगढ तर्फ आउँदै गरेको प्र.०२-०२९ प.२८३० नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.     सर्लाही, बागमती नगरपालिका ७ निमिचोक स्थितबाट ONEREX-100 ml को ७ बोतल, CODEDYL-T 100 ml को ४ बोतल (मध्ये १ खाली) सहित बागमती नगरपालिका ७ बस्ने बर्ष ३५ को मोहन बहादुर योञ्जन, बागमती नगरपालिका ९ बस्ने बर्ष ३४ को श्याम कुमार श्रेष्ठ र बागमती नगरपालिका ८ बस्ने बर्ष २३ को चेतन लामालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय बरहथवा र प्रहरी चौकी राजघाटबाट खटिएको संयुक्त प्रहरी टोलीले मोहन बहादुर योञ्जनको घरमा लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा खानतलासी गर्दा उक्त लागू औषध फेला परेकोले निजहरुलाई उक्त लागू औषध र बा.प्र.०२-०४१ प ७७८६ नम्बर र म.प्र.०३-०२७ प ०१३६ नम्बरको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.     सप्तरी, बोदेबर्साईन नगरपालिका १ धनगढीको भित्री सडक खण्डबाट buprenorphine injection ip2ml - ४५ एम्पुल, promethazine hydrochloride injection phenergan ip2 ml - ४४ एम्पुल, diazepam injection ip2 ml - ४५ एम्पुल लागू औषध सहित खड्क नगरपालिका १ सिस्वा बस्ने बर्ष २५ को पारस कुमार मण्डल र सोही स्थान बस्ने बर्ष २२ को रविन कुमार साहलाई सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी सिस्वाबेल्हीबाट खटिएको प्रहरी टोलीले सारस्वरबाट धनगढी तर्फ आउँदै गरेको प्र.१-०२-०४० प.७३६६ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।