युवकको हत्या गरी फरार रहेका दम्पती पक्राउ
२०८०-०१-१०
- A
- A-
- A+
घट्नाको छोटकरी विवरण:-
बारा,
मिति २०७९/०८/२७ गते राती अं.२१:०० बजेको समयमा जिल्ला पर्सा
वीरगंज म.न.पा. वडा न.१५
भिष्वा बस्ने दिनेश महतोको छोरा वर्ष २४ को रामु भन्ने
कैलाश महतो र जिल्ला पर्सा वीरगंज म.न.पा. वडा न.१५ भिष्वा
बस्ने
रामु भन्ने कैलाश महतोको श्रीमती बर्ष २० को रोशनी भन्ने हिरा देवीले जिल्ला बारा बिश्रामपुर गा.पा. वडा न.५ इटयाही टोल स्थित दरवारकोलनी क्षेत्रमा भुलन चौरसियाको खेतमा
रहेको परालको भुषमा जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. वडा न.८ राजानगर टोलमा बस्ने गुड्डु साह कानुको छोरा वर्ष २२ को सुरज
भन्ने महेश साहलाई कर्तव्य गरी मारी मृतक लाश लुकाई छिपाई राखेको अवस्थामा फेला
परेको ।
घटनाको कारण:-
v प्रतिवादी रोशनी भन्ने हिरा देवी र मृतक सुरज भन्ने महेश साह रोशनी भन्ने
हिरा देवीको कोठामा लिभिङ टुगेदरमा बस्ने गरेको ।
v सुरज भन्ने महेश साह र रोशनी भन्ने हिरा देवी बिच बिवाह गर्ने कुरा भएको
तर रोशनी भन्ने हिरा देवीको पहिला नै बिवाह भई छोरी समेत भएको हुँदा सुरज भन्ने
महेश साहको घर परिवारका मानिसहरुले बिवाह गर्न नमानेको ।
v मिति २०७९/०८/२७ गते राती रोशनी
भन्ने हिरा देवी र सुरज भन्ने महेश साहलाई रोशनी भन्ने हिरा देवीको श्रीमान् रामु भन्ने कैलाश महतोले दुवैलाई घट्नास्थल नजिकै साथमा भेटेपछि मृतक सुरज भन्ने महेश साहसँग बिवाद भई निज
श्रीमान् श्रीमतीले सुरज भन्ने महेश साहलाई डिस (केवल) को तारले घाँटीमा कसी कर्तव्य
गरी मारी मृतक लाश दबाउने छुपाउने उद्देश्यले परालको भुषमा लुकाई छिपाई राखि भागि फरार
भएको ।
v भाग्ने क्रममा भारतको बिहार, दिल्ली हुँदै केरला मलप्पुरम जिल्ला पुगेकोमा निजहरुलाई केरला प्रहरीसँग समन्वय गरी
खोज तलास गरिरहेको बेला मिति २०८०/०१/०६ गते नेपाल र भारतको सिमाना नजिकबाट
प्रतिवादीहरु रामु भन्ने कैलाश महतो र निजको श्रीमती रोशनी भन्ने हिरा देवीलाई
पक्राउ गरिएको ।
v निज प्रतिवादीहरु पक्राउ परी जि.प्र.का. बारामा दाखिला हुन आएकोले निजहरुलाई कर्तव्य ज्यान मुद्दामा सम्मानित जिल्ला अदालतबाट मिति २०८०/०१/०६ गतेबाट लागु हुने गरी दिन ७ (सात) को म्याद थप गरी निजहरुलाई न्यायिक हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको व्यहोरा अनुरोध गरिएको छ ।