फरार प्रतिवादी पक्राउ
२०८०-०२-२६
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०।०२।२५ गते अं. ११:०० बजेको
समयमा जि.रौतहट गुजरा न.पा.६ खतवहियाटोल बस्ने किर्ते मुद्दाको फरार प्रतिवादी रजक
अंसारीको छोरा बर्ष ६८ को जिकरुलाह अंसारी आफ्नै गाँउघरमा लुकिछिपि बसेको छ भन्ने
गोप्य सुचना प्राप्त हुन साथ अ.प्र.पोस्ट छेदिचोक रौतहटबाट प्र.स.नि.को कमाण्डमा
ऐ.११:१० बजेको समयमा टोली खटि गएको र ऐ.११:३० बजेको समयमा पुगी नियन्त्रणमा लिई ई.प्र.का.गरुडामा
ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
२.
सिरहा, मिति २०८०।०२।२५ गते अं. ०८:३५ बजेको
समयमा जिल्ला सिरहा धनगढीमाई न.पा. - ९ बस्ने
सदानन्द महतोको छोरा अं. बर्ष ३४ को रामलोचन महतोको नाममा सम्मानित सिरहा
जिल्ला अदालत सिरहाबाट कुटपिट मुद्दामा
लगत न. ३३६५,३३६७ फैसला मिति
२०७०/१०/०८ गते मा रु.२५०/- (दुई सय पचास
रुपैयाँ मात्र) जरिवाना रहेको र निजको भाई अं. बर्ष ३० को प्रकाश महतोको नाममा
सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट कुटपिट मुद्दाका लगत नं. ३३६३, फैसला मिति
२०७०/१०/०८ गते मा रु.२५०/- (दुई सय पचास रुपैयाँ मात्र) जरिवाना रहेको दुवै
जना फरार प्रतिवादीलाई ई.प्र.का. धनगढी
सिरहाबाट प्र.ना. नि. ले बोलाई लागत कट्टा गराउनको लागि पत्र बुझाई जिल्ला अदालत
सिरहा पठाईएको ।
३.
सिरहा, मिति २०८०/०२/२५ गते अं. १४:०० बजेको
समयमा जिल्ला सिरहा जिझौल गा.वि.स. वडा नं. ७
हाल बरियारपट्टी गा.पा. वडा नं. ३
बस्ने जिल्ला सिरहा साविक गा.वि.स. महेशपुर प्र.ध. वडा नं.३ हाल ऐ. लक्ष्मिपुर
पतारी गा.पा. ३ बस्ने राम अशिष साह तेली लागत नं. ३४३ मुद्दा कुटपिट, जरिवाना रु.
७३३/३४ रुपैँया र जिल्ला सिरहा झौल गा.वि.स. वडा नं. ७ हाल बरियारपट्टी गा.पा. वडा नं. ३ बस्ने महेन्द्र यादव लागत नं.
१४१९, मुद्दा लुटपिट, जरिवाना रू. ३३/७५ रुपैँया तोकेको फरार प्रतिवादीहरुलाई ई.प्र.का.
महेशपुरपतार सिरहाबाट प्र.स.नि. को कमाण्डमा टोली खटि गई पक्राउ गरि ई.प्र.का. महेशपुरपतारमा
ल्याइ जरिवाना कटाउनको लागि सम्मानित सिरहा जिल्ला अदालत सिरहामा पठाईएको ।
४.
सिरहा, मिति २०८०।०२।२५ गते अं. १३:००
बजे जिल्ला सिरहा नवराजपुर गा.पा. २ बस्ने अं. बर्ष ५५ को जहुरी कामैत, ऐ.ऐ. बस्ने
अं.बर्ष ४७ की बविता देवी कामैत, ऐ. गा.पा. ४ बस्ने अं.बर्ष ४० को सिकिन्द्र यादव,
ऐ. गा.पा. ३ बस्ने अं.बर्ष ३७ की रामबती देवी सदाय र ऐ. गा.पा. ५ बस्ने अं.बर्ष ५३
को दोरिक यादवलाई विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई ई.प्र.का. झाझपट्टी सिरहाबाट
प्र.स.नि. को कमाण्डमा खटिगएको टोलीले निजहरुकै घर वतनबाट पक्राउ गरि आवश्यक
कार्वाही तथा लगत कट्टाको लागी सम्मानित सिरहा जिल्ला अदालत पठाएको ।