प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रणमा

२०८०-०३-०३

  • A
  • A-
  • A+
Share


१.      रौतहट, मिति २०८०।०३।०२ गते अं. १८:२५ बजेको समयमा जि.रौतहट गरुडा न.पा.५ लक्ष्मीपुरटोल बस्ने कांग्रेश राय यादवको छोरा अं.वर्ष २३ को रमोद यादव आफ्नै घर अगाडि उभिएको अवस्थामा ऐ.ऐ. बस्ने सकलदेव राय यादवको छोरा अं.वर्ष १९ को अरविन्द राय यादवले चलाएको हाल नम्बर नखुलेको मो.सा.ले निजलाई हल्का छोएको विषयलाई लिएर विवाद भई झै-झगडा भएको छ भन्ने खबर प्राप्त हुनसाथ ई.प्र.का.गरुडा रौतहटबाट प्र.ना.उ.को कमाण्डमा खटिगएको टोलिले झै-झगडामा संलग्न रमोद यादवलाई नियन्त्रणमा लिइ ई.प्र.का.गरुडा रौतहटमा ल्याइ अनुसन्धान गर्दा निज ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिवादी समेत रहेको झै-झगडाको क्रममा निजको टाउकोमा सामान्य चोट लागेको कारण प्रहरीको निग्रानिमा गरुडा स्थित रहेको अनमिका अस्पतालमा उपचार भइरहेको अवस्था सामान्य ।

२.      सिरहा, मिति २०८०।३।२ गते अं.१०:०० बजे ई.प्र.का.सुखिपुरबाट खटिएको प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले सम्मानित सिरहा जिल्ला अदालत सिरहाको लगत नम्बर ७३५३, फैसला मिती २०७८/०५/२९ गते, कैद २ महिना १३ दिन भएको चोरी मुद्दाका फरार प्रतिवादी जिल्ला सिरहा सुखिपुर न.पा.२ छजना दक्षीण टोल बस्ने  ईब्राहिम मियाको छोरा अं. बर्ष २२ को सदरे राईनलाई निजकै घर वतनबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का.सिरहा पठाएको छ ।

सम्बन्धित समाचार
लागू औषध गाँजा सहित मानिसहरु नियन्त्रणमा
२०८१-०६-२२

१.     सप्तरी, कंचनरुप नगरपालिका ७ स्थितबाट लागू औषध गाँजा अन्दाजी १०० किलो ग्राम सहित जिल्ला सिरहा भगवानपुर गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३६ को चंन्देश्वर चौधरी र वडा नं. २ बस्ने बर्ष ५६ को राम दुलार यादवलाई मंगलवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरबाट कंचनपुर तर्फ आउँदै गरेको BR07BA 4578 नम्बरको सेतो स्कारपियो गाडीलाई शंका लागि चेक जाँच गर्दा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.     पर्सा, बिन्दबासिनी गाउँपालिका २ झौवा स्थितबाट लागू औषध गाँजा २.५ किलो ग्राम सहित जिल्ला पर्सा सखुवाप्रसौनि गाउँपालिका ५ बलुवा बस्ने बर्ष ३० को मोहिचन प्रसाद यादवलाई मंलवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट बहुअर्वाभाट्टा, पर्साबाट खटिएको प्रहरी टोलीले सखुवाप्रसौनीबाट झौवातर्फ साईकलमा जाँदै गरेको निजलाई शंका लागि चेकजाँच गर्दा उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०६-२१

१.     पर्सा, बिरगंज महानगरपालिका १४ गण्डक चेकपोष्ट स्थितबाट लागू औषध NITRAVET 10 ट्याब्लेट ३० पत्तामा ४५० पिस ट्याब्लेट सहित जिल्ला चितवन भरतपुर म.न.पा. १० बिशाल टोल बस्ने कृष्ण तामाङको छोरा वर्ष २७ को समिर तामाङलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिरगंजबाट नारायणघाट तर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ००३५ नम्बरको यात्रुबाहक E.V. गाडीलाई रोकी चेकजाँच गर्दा गाडीमा सवार निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.     धनुषा, नगराईन नगरपालिका २ स्थितबाट लागू औषध नाईट्राभेट-१० लेखिएको ट्याब्लेट १५ पिस र इक्सिपलोन सिरप १ पिस सहित जनकपुर उ.म.न.पा. ४ बस्ने वर्ष २६ को संतोष यादव र जनकपुर उ.म.न.पा. १६ बस्ने वर्ष २२ को ध्रुब साहलाई आईतवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लग्मा जटहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको बा.९१ प ६५०२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८१-०६-१६

महोत्तरी, मनरासिस्वा नगरपालिका २ भोल्ही चोकबाट स्रोत नखुलेको नेपाली रकम रु. ११,८१,३००/- (एघार लाख एकासी हजार तिन सय) र भा.रु. ५०/- (पचास रुपैयाँ) सहित जिल्ला महोत्तरी सम्सी गाउँपालिका ६ बस्ने बर्ष ४२ को शेष हसमत अलीलाई मंलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ईटहर्वाकट्टी र जि.प्र.का. महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिषेश सुचनाको आधारमा प्र.२-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।