प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-०३-१७

  • A
  • A-
  • A+
Share

१.      पर्सा, मिति २०८०।०३।१६। गते २२:०० बजेको समयमा जि.पर्सा बि.म.न.पा. वाड न. १३ स्थित व.प्र.का. श्रीपुरबाट खटिएको गस्ति टोलिले ना.६३ प. १७५२ न. मो.सा. चेक जाँच गर्दा मो.सा. पछाडि सवार बि.म.न.पा.वाड न. २८ बगही बस्ने बर्ष ४० को राजिन्द्र महतोको साथबाट अं ३०० ग्राम ला.औ.गाँजा बरामद गरि निज सहित मो.सा. चालक ऐ.ऐ. बस्ने अं. बर्ष १५ को चुन चुन महतो र मो.सा. सहित दुवै जनालाई नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको ।

 

२.      पर्सा, मिति २०८०।३।१६ गते अं. १७:०० बजेको समयमा जिल्ला पर्सा बि.म.न.पा. वडा नं.१६ चालिस फिटेरोड स्थितमा प्र.चौ.बसपार्कबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला बारा निजगढ न.पा. २ बस्ने फुर्वा ब. दनालको छोरा अं. बर्ष २३ को नितेश दनालको साथबाट ला.औ. Nitrazepam ३ पत्ता (४५ ट्याब्लेट) र ऐ.ऐ. बस्ने भुवन ब. अस्थानी मगरको छोरा अं. बर्ष २३ को तेज ब. अस्थानी मगरको साथबाट ला.औ. Nitrazepam ४२ पत्ता ( ६२९ ट्याब्लेट) फेला पारी ला.औ. सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय श्रीपुर पर्सामा पठाएको ।

 

३.      पर्सा, मिति २०८०।०३।१६ गते अं.२०:०० बजेको समयमा जिल्ला पर्सा बहुदरमाई गा.पा.७ भौटराटार स्थितमा ऐ. बस्ने साईकल यात्री बर्ष ६५ को महेन्द्र महतोले ला.औ.बोकी ल्याउँदै छ भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी डकैलाबहुअरी पर्साबाट प्र.स.नि. र अ.प्र.पोष्ट बिन्दबासिनिबाट प्र.स.नि. को कमाण्डमा खटिएको संयुक्त गस्ति टोलिले शंका लागि निजलाई रोकि चेकजाँच गर्दा निजले साईकलको पछाडि झोला भित्र प्लास्टिकले बेरी ल्याउँदै गरोको गाँजाको धुलो १ के.जि. फेला पारि उक्त  मानिस र गाँजा सहित आवश्यक कार्वाहीको लागि ई.प्र.का.पोखरिया पठाईएको ।

 

४.      बारा, मिति २०८०।०३।१६ गते अं.२०:३० बजेको समयमा जिल्ला बारा कलैया उ.म.न.पा-१० नहर चोक स्थितमा प्र.चौ. मटिअर्वा, बाराबाट प्र.ना.नि.को कमाण्डमा खटिगएको चेकिङ टोलिले मटिअर्वाबाट कलैया तर्फ जाँदै गरेको ना.३ प. १८९९ नं.को मो.सा.लाई चेकजाँच गर्ने क्रममा मो.सा. चालक जिल्ला बारा कलैया उ.म.न.पा-१३ बलिरामपुर बस्ने ताराचन साहको छोरा अं. वर्ष २० को दिपेश साहको साथबाट १५ पिस नाईट्रोभेट ट्याब्लेट फेला परेकोमा निजलाई मो.सा र सामान सहित नियन्त्रणमा लिई प्र.चौ. मटिअर्वा बारामा ल्याई अनुसन्धान कार्य भईरहेको ।

 

५.      सप्तरी, मिति २०८०/०३/१६ गते अं. १२:४७ बजेको समयमा जिल्ला सप्तरी तिलाठी कोइलाडी गा.पा वडा नं.१ भन्सार चौक  स्थित नेपालबाट अवैध रुपमा चोरी निकासी गरी मो.सा.मा लोड गरी  अं.५ किलो गाँजा भारत तर्फ लाँदै गरेको अवस्थामा प्र.चौ. तिलाठी सप्तरीबाट प्र.ना.नि. को  कमाण्डमा र BOP तिलाठी सप्तरीमाबाट सशस्त्र प्रहरी बलको प्र.ह.को कमाण्डमा खटिएको संयुक्त चेकिङ्ग  टोलीलाई देखि गाँजा फाली मो.सा. लिई मानिस फरार रहेको उक्त गाँजा सशस्त्र प्रहरी बलको कार्यालय BOP तिलाठी सप्तरीमा राखिएको ।

सम्बन्धित समाचार
लागू औषध गाँजा सहित मानिसहरु नियन्त्रणमा
२०८१-०६-२२

१.     सप्तरी, कंचनरुप नगरपालिका ७ स्थितबाट लागू औषध गाँजा अन्दाजी १०० किलो ग्राम सहित जिल्ला सिरहा भगवानपुर गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३६ को चंन्देश्वर चौधरी र वडा नं. २ बस्ने बर्ष ५६ को राम दुलार यादवलाई मंगलवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरबाट कंचनपुर तर्फ आउँदै गरेको BR07BA 4578 नम्बरको सेतो स्कारपियो गाडीलाई शंका लागि चेक जाँच गर्दा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.     पर्सा, बिन्दबासिनी गाउँपालिका २ झौवा स्थितबाट लागू औषध गाँजा २.५ किलो ग्राम सहित जिल्ला पर्सा सखुवाप्रसौनि गाउँपालिका ५ बलुवा बस्ने बर्ष ३० को मोहिचन प्रसाद यादवलाई मंलवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट बहुअर्वाभाट्टा, पर्साबाट खटिएको प्रहरी टोलीले सखुवाप्रसौनीबाट झौवातर्फ साईकलमा जाँदै गरेको निजलाई शंका लागि चेकजाँच गर्दा उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०६-२१

१.     पर्सा, बिरगंज महानगरपालिका १४ गण्डक चेकपोष्ट स्थितबाट लागू औषध NITRAVET 10 ट्याब्लेट ३० पत्तामा ४५० पिस ट्याब्लेट सहित जिल्ला चितवन भरतपुर म.न.पा. १० बिशाल टोल बस्ने कृष्ण तामाङको छोरा वर्ष २७ को समिर तामाङलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिरगंजबाट नारायणघाट तर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ००३५ नम्बरको यात्रुबाहक E.V. गाडीलाई रोकी चेकजाँच गर्दा गाडीमा सवार निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.     धनुषा, नगराईन नगरपालिका २ स्थितबाट लागू औषध नाईट्राभेट-१० लेखिएको ट्याब्लेट १५ पिस र इक्सिपलोन सिरप १ पिस सहित जनकपुर उ.म.न.पा. ४ बस्ने वर्ष २६ को संतोष यादव र जनकपुर उ.म.न.पा. १६ बस्ने वर्ष २२ को ध्रुब साहलाई आईतवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लग्मा जटहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको बा.९१ प ६५०२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८१-०६-१६

महोत्तरी, मनरासिस्वा नगरपालिका २ भोल्ही चोकबाट स्रोत नखुलेको नेपाली रकम रु. ११,८१,३००/- (एघार लाख एकासी हजार तिन सय) र भा.रु. ५०/- (पचास रुपैयाँ) सहित जिल्ला महोत्तरी सम्सी गाउँपालिका ६ बस्ने बर्ष ४२ को शेष हसमत अलीलाई मंलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ईटहर्वाकट्टी र जि.प्र.का. महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिषेश सुचनाको आधारमा प्र.२-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।