प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रण

२०८०-०४-०१

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८०।०३।३१ गते अं.१८:४५ बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ स्थित भन्सार पछाडी खटिएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरी समेतको संयुक्त टोलीले नेपाल भारत आवतजावत गर्ने सवारी साधन तथा मानिसहरु समेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट नेपालको बिरगंज बजार तर्फ आउदै गरेको ना २१ प ५६९४ नं.को मोटर साईकल माथि शंका लागि रोकी चेकजाँच गर्दा मो.सा.चालक जिल्ला पर्सा विरगंज म.न.पा.वडा नं.१४ बस्ने अं.वर्ष ३२ को कैशर अली अन्सारीको साथबाट लागु औषध Wincerex-T लेखिएको ७६ बोतल समेत फेला परेकोमा उक्त लागू औषध र मोटरसाईकल समेत कानून बमोजिम बरामद गरी बरामदी मुचुल्का तयार पारी निज कैशर अली अन्सारीलाई कानून बमोजिम पक्राउ गरी आवश्यक कारवाहीको लागी व.प्र.का.विर्ता पर्सामा पठाईएको ।

 

१.      महोत्तरी, मिति २०८०।०३।३१  गते अं.  १५;००  बजेको समयमा जि. महोत्तरी  सम्सी  गा.पा.६ मस्जित नजिक  ला.औ.ब्युरो शाखा कार्यालय जनकपुर र प्रहरी चौकि सम्सीबाट प्र.ब.ह. को कमाण्डमा  खटिएको सयुत्त टोलिले पैदल  हिडिरहेको जिल्ला महोत्तरी लोहारपट्टी न.पा.८  बस्ने  अनजी मण्डलको छोरा बर्ष अं. १८/१९ को  दिपेन मण्डलको  साथबाट  नाईट्रोभेट ट्याब्लेट ३६ पिस  सहित निजलाई नियन्त्रणमा लिई प्रहरी चौकि सम्सीमा ल्याई राखिएको । 

 

२.      सिरहा, मिति २०८०।०३।३१ गते अं. १४:१० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा.१७ भन्सार कार्यालय नजिक माडर जाने नयाँ रोड स्थितं ई.प्र.का.माडर सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्तिले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीलाई रोकी चेकजाँच गर्दा जिल्ला सिरहा कल्याणपुर न.पा.५ चिकना बस्ने सितानरायण सदाको छोरा अं. बर्ष २० को लकिन्द्र सदाको साथबाट natravet -10 लेखिएको ८  ट्याबलेट ला.औ.सहित नियन्त्रणमा लिई जि.प्र.का.तर्फ पठाउने कार्य भईरहेको ।

                 

सम्बन्धित समाचार
सामान सहित ट्रक नियन्त्रणमा लिएको
२०८१-०९-२९

बारा, जितपुरसिमरा उ.म.न.पा.वडा नं.२१ स्थित चेकपोईन्ट अगाडी बिलबिजक भन्दा बढी सामान तथा राज्श्व छलीको आशंकामा अं. मुल्य.रु.७१,७४,५९१।–(एकहत्तर लाख चौहत्तर हजार पाँच सय एकानब्बे ) रुपैया बराबरको Ppwovenbag,Medicine, Kictchen Oven (भाडा कुडा) र Vaccinis लगाएतका सामानहरु सहित प्रहरीले नियन्त्रणमा लाइएको छ । इ.प्र.का. अमलेखगंजबाट  खटिएको चेकिङ टोलिले बिरगंजबाट रुपन्देही तर्फ जादै गरेको प्र २-०३-००१ ख २८८८ नं. को ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ । 

हातहतियार सहित मानिस नियन्त्रणमा
२०८१-०९-२९

सर्लाही, ब्रहम्पुरी गाउँपालिका- ३ भेल्ही चोक स्थितबाट कटुवा पेस्तोल-१ थान, 8 mm को जंगी राउण्ड गोली-२ थान सहित मोटरसाईकल चालक देश भारत सितामढी रजवारा मुसहरनीया बस्ने राम पुकार साहको छोरा अं. वर्ष २४ को प्रवचन साह र सोही मोटरसाईकल पछाडी सवार जिल्ला सर्लाही ब्रहमपुरी गाउँपालिका-४ बस्ने संजय पासवानको छोरा अं. वर्ष १८ को विक्रम पासवानलाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा देश भारत जिल्ला सितामढी ग्राम बसतपुर वडा नं.७ बस्ने रंजन दासको छोरा अं. वर्ष १५ को लभ कुमार दासलाई लेनदेनको विषयलाई लिएर जिल्ला सर्लाही ब्रहमपुरी गाउँपालिका-४ बस्ने अं. वर्ष ६८ को रामजी साहको घरमा बाँधी राखेको छ भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद स्थानमा चेकजाँच गर्ने क्रममा BR 06 BT 2850 नं. को मोटरसाईकलमा कटुवा पेस्तोल सहित २ जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागू औषध चरेस जस्तो देखिने वस्तु नियन्त्रण
२०८१-०९-२९

पर्सा, बिरगंज महानगरपालिका वडा नं.१६ गणेश टोल स्थितबाट प्रतिबन्धित लागु औषध चरेस जस्तो देखिने वस्तु १९ किलो ५०० ग्राम आईतवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गणेशटोलबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखी १ जना पुरुष मानिस  १ वटा बोराको पोका सडकमा फाली  भागी गएकोमा  प्रहरी टोलीले उक्त  बोरा खोली हेर्दा अबैध लागु औषध चरेस जस्तो देखिने वस्तु १३ वटा प्लाष्टिकको पोकालाई टेपले बेरिएको अबस्थामा फेला परेकोमा उक्त अवैध लागु औषध चरेस जस्तो देखिने वस्तुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ । 

प्रतिबन्धित लागु औषध नाइट्राभेट ट्याब्लेट सहित मानिस नियन्त्रणमा
२०८१-०९-२८

सिरहा, लहान नगरपालिका-१ पानीटंकी स्थितबाट प्रतिबन्धित लागु औषध DIAZEPAM-30 एम्पुल, PHENERGAN-30 एम्पुल, BUPRENORPHINE-30 र COUGH LINCTUS-14 बोतल सहित लहान नगरपालिका-१ बस्ने जगदिस ठाकुरको छोरा अं. बर्ष ४५ को दयाराम ठाकुरलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी लहान, ईलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका-१ बस्ने दयाराम ठाकुरको घर खानतलासी गर्दा  घरमा लुकाई छिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागु औषध सहित मानिसलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।