लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०४-०३
- A
- A-
- A+
पर्सा, मिति
२०८०।०४।०२ गते अं.०५:४५ बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.-१६रजयन्ती चोक
स्थितमा प्र.चौ.ईनर्वा र ला.औ.ब्युरो शाखा कार्यालय बीरगंज बाट खटिएको संयुक्त
प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जि.मकवानपुर मनहरी गा.पा.-५ बस्ने न्त
ब.चेपाङको छोरा अं.बर्ष-२० को सुमन चेपाङ र ऐ.ऐ.बस्ने अर्जुन मोक्तानको छोरा
अं.बर्ष-१९ को रिजन मोक्तानको साथबाट नाईट्राभेट-१० नामक ला.औ.२ पत्तामा २९ पिस
सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी व.प्र.का.बिर्तामा पठाईएको । साथै,
जिल्ला पर्सा बिरगंज म.न.पा.१४ गण्डक चोक स्थितमा प्रहरी चौकी गण्डक पर्साबाट
प्र.स.नि.को कमण्डमा खटिएको चेकिङ टोलीले बिरगंजबाट हेटौडाको लागी आउदै गरेको
यात्रु बाहक बसलाई रोकि चेकजाचँ गर्दा बसमा सवार जिल्ला चितवन खैरहरनी न.पा.पर्सा
घर बताउने राजेश बि.क.को छोरा बर्ष अं २० को सुनिल बि.क.लाई शंका लागी चेकजाचँ
गर्दा निजको कम्मरमा लुकाई छिपाई राखेको Nitravet ten (नाईट्रभेट
10) ट्याब्लेट ४० पत्ता (६०० पिस) फेला पारेकोमा ला.औ.सहित मानिसलाई
आवश्यक कारवाहीको लागी ई.प्र.का.श्रीपुर तर्फ पठाईएको ।