फरार प्रतिवादि नियन्त्रणमा
२०८०-०४-०४
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०/०४/०३ गते अं.१५:०० बजेको
समयमा जिल्ला रौतहट गरुडा न.पा.५ महम्दपुर बस्ने जालसाँची,कुटपिट,लुटपिट मुद्दाको
फरार प्रतिवादि अं.वर्ष ७० को ढोढा राय
यादव र ऐ.ऐ.बस्ने जालसाँची मुद्दाको फरार
प्रतिवादि अं.वर्ष ३६ को सुकृत राय यादव लाई ई.प्र.का.गरुडा रौतहटबाट प्र.स.नि.को
कमाण्डमा खटि गएको टोलिले नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि सम्मानित जिल्ला
अदालत गौर पठाइएको ।
२. सिरहा, मिति २०८०/०४/०३ गते दिन अ. १२:१५ बजे जिल्ला सिरहा
सुखिपुर न.पा. वडा नं. ३ स्थितमा ई.प्र.का.महेशपुरपतार, सिरहाबाट प्र.स.नि. को
कमाण्डमा खटिएको प्रहरी टोलीले कैद जरिवाना भएका फरार प्रतिवादीहरुलाई खोज तलास
गर्दै जाँदा लगत नं. ७१०५ भएको लागू औषध मुद्दामा १ महिना कैद भई फरार रहेका
प्रतिवादी जिल्ला सिरहा सुखिपुर न.पा. वडा नं. ३ बस्ने सत्यदेव यादवको छोरा बर्ष २८ को सुरेन्द्र कुमार यादवलाई
पक्राउ गरी जिल्ला अदालत सिरहामा पठाईएको ।