फरार प्रतिवादी पक्राउ
२०८०-०४-२९
- A
- A-
- A+
रौतहट,
विभिन्न अपराधका फरार अपराधी पक्राउ गर्ने योजना अनुरुप जि.प्र.का. रौतहट तथा
मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा सवारी ज्यान
मुद्दाका फरार प्रतिवादी जि. रौतहट यमुनामाई गा.पा. वडा नं. ४ बस्ने रामबालक साहलाई
मिति २०८०/०४/२८ गते अं. १८:०५ बजेको समयमा जि. रौतहट दुर्गा भगवती गा.पा. वडा नं.
१ पिपरा बजारबाट पक्राउ गरी मिति २०८०/०४/२८ गते सम्मानित जिल्ला अदालतमा उपस्थिती
गराईएको छ ।