सामान नियन्त्रणमा
२०८०-०४-३२
- A
- A-
- A+
१.
बारा, मिति २०८०/०४/३१ गते अ.२३:०० बजेको
समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.१ तिनकुने चौक स्थित प्र.चौ.पथलैया,बाराबाट
प्र.ब.ना.नि को कमाण्डमा खटिएको चेकिङ टोलीले सर्लाहीबाट पोखरा तर्फ जाँदै गरेको
ना ८ ख ७३३५ न.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा झ्यालको १०० थान पर्दा रहेको तर
विल बिजकमा ६० थानको मात्र मुल्य देखाएकोले बिलबिजक भएको ६० थान सहीत बिलबिजक
नभएको ४० थान पर्दा गरी १०० पिस पर्दा अं. रु.१,००,०००/-(एक लाख) बराबरको र कुनै
पनि बिलबिजक नभएको चरालाई खुवाउने दाना अं.२४० के.जी अं.मुल्य ८,४००/- (आठ हजार
चार सय) गरी जम्मा अं.मुल्य १,०८,४००/- (एक लाख आठ हजार चार सय) बराबरको सामान
नियन्त्रणमा लिई प्र.चौ.पथलैया,बारामा राखिएको, बस आफ्नो गन्तब्य तर्फ गएको ।