सामान सहित मिनि ट्रक नियन्त्रणमा
२०८०-०६-०१
- A
- A-
- A+
बारा, मिति
२०८०/०५/३१ गते अ.२१:४० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.२१ स्थित ई.प्र.का.
अम्लेखगंज अगाडी ई.प्र.का. अम्लेखगंज बाराबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको
चेकिङ टोलीले बिरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको ना.८.ख.६३८३ न.को मिनि ट्रकलाई
रोकी चेकजाँच गर्ने क्रममा प्रज्ञापन नम्बर (१०९४३३) र अनलाईन भिटियस नम्बर
(१०९३५७) रहेको दुबै नम्बर फरक-फरक पर्न गएकोले उक्त ट्रकमा रहेको अं. २२,०८,१८६.४९
(बाईस लाख आठ हजार एक सय छयासी रुपैयाँ उनन्पचास पैसा) बराबरको लत्ता कपडाहरु
बरामद गरी कपडा सहित ट्रक, ट्रक चालक जि.बारा कोल्वही न.पा.०५ बलुवा बस्ने अं. वर्ष
३५ को राधेकृष्ण चौधरीलाई नियन्त्रणमा लिई ई.प्र.का. अम्लेखगंज बारामा राखिएको ।