प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०४-०६

  • A
  • A-
  • A+
Share


१.     पर्सा, बिरगंज महानगरपालिका २५ सिर्सिया स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ पुरिया (तौल नखुलेको), नाईट्राभेट-१० लेखिएको १६ पिस ट्याब्लेट र गाँजा ११ ग्राम सहित जिल्ला पर्सा बिरगंज महानगरपालिका १ बस्ने बर्ष १९ को रोहित साह तेलीलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छप्कैयाबाट खटिएको प्रहरी टोलीले सिर्सिया स्थित भारतबाट छप्कैया तर्फ आउँदै गरेको अवस्थामा चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

२.     पर्सा, बहुदरमाई नगरपालिका ९ बिश्रामपुर स्थितबाट लागू औषध गाँजा ५ किलो सहित सोही स्थान बस्ने बर्ष १६ को अमिरी साह गुप्तालाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बहुअर्वाभठाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाईकलमा सवार निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

३.     सर्लाही, ईश्वरपुर नगरपालिका ७ स्थितबाट लागू औषध Nitravet-10 लेखिएको ९० ट्याब्लेट, Nitrazepam लेखिएको २२० ट्याब्लेट र CCTV थान २ सहित ईश्वरपुर न.पा. ९ रामनगर बस्ने वर्ष १९ को बिकी साहलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरी गस्ती टोलिले चेकजाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध र CCTV सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

४.     सिरहा, मिर्चैया नगरपालिका ६ कटारी चोक स्थितबाट लागू औषध गाँजा ५०० ग्राम सहित जिल्ला सिरहा मिर्चैया नगरपालिका ५ बस्ने बर्ष २८ को भोला पंजियारलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-०१-१४

१.      सर्लाही, मलंगवा नगरपालिका-६ खुटौना स्थित भित्री सडक खण्डमा प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR06CT 2422 नम्बरको मोटरसाईकललाई शंका लागि चेक जाँच गर्दा मोटरसाईकल चालक देश भारत जिल्ला सितामढी थाना कुनौली बस्ने अन्दाजी वर्ष-४० को शम्भु कुमार साहले लुकाइ छिपाइ ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रू. ३२,३५,४४०।- (बत्तिस लाख पैतिस हजार चार सय चालीस रुपैयाँ) र भारतीय रू.२,१४०।– (दुई हजार एक सय चालिस रुपैयाँ) फेला पारी, नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि श्रोत नखुलेको रकम, मोटरसाईकल र चालक सहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याई अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८२-०१-१४

१.      धनुषा, जनकपुर उप-महानगरपालिका-४ स्थित मण्डल कुट्टीबाट जिल्ला धनुषा विदेह नगरपालिका-५ बस्ने अन्दाजी वर्ष-३० को संजिव कुमार मण्डल ठगी मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।   २.      धनुषा, नगराईन नगरपालिका-३ स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालत धनुषाबाट ज्यान मार्ने उधोग चालु मुद्धाको अनुसन्धानको सिलसिलामा फरार रहेको प्रतिवादीलाई सोही स्थान बस्ने जोगिन्द्र साहको छोरा अन्दाजी बर्ष-३३ को बेचन साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध खैरो ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०८२-०१-१०

धनुषा, बिदेह नगरपालिका-१ ठाडिझिझा स्थितबाट लागु औषध खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ अन्दाजी-१२ ग्राम सहित मोटरसाईकल चालक जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-८ बस्ने संजय शर्माको छोरा अन्दाजी वर्ष २४ को ओमराज शर्मा र पछाडि सवार जिल्ला महोत्तरी  लोहारपट्टी नगरपालिका- ७ घर भई हाल जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-६ पुलचोक बस्ने जिवछ ठाकुरको छोरा अन्दाजी वर्ष-२३ को रूपेश कुमार ठाकुरलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी टोलीले कार्यालय अगाडी चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको ज१३प १३३७ नम्बरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा हेलमेटमा लुकाई छिपाई राखिएको खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धाण गरिरहेको छ । 

फरार प्रतिवादी पक्राउ
२०८२-०१-०९

१ सप्तरी, अपहरण तथा शरीर बन्धक बनाई जवरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय भएको फरार प्रतिवादी जिल्ला सप्तरी सुरुङगा नगरपालिका-५ बस्ने वर्ष-२८ को मो.इम्तियाज अहमदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले कुशाह स्थितबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत सप्तरीमा बुझाई कारागार चलान गरिएको छ ।   २ सिरहा, जबरजस्ती करणी तथा गर्भपतन सम्बन्धि कसुरको चालु मुद्दाको फरार प्रतिवादी धनगढीमाई नगरपालिका-१ छप्रारी बस्ने बर्ष-२९ को राधेश्याम कामैतलाइ मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८२-०१-०८

जिल्ला, सिरहा बरियारपट्टी गाउँपालिका-१ स्थित प्रहरी चौकी  कचनारीको कार्यालय अगाडी  खटीएको प्रहरी चेकीङ् टोलिले नर्गि चौकबाट भारत तर्फ जाँदै गरेको  नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकल रोकी चेक जाँच गर्दा मोटरसाइकल चालक देश भारत जिल्ला मधुवनी ग्रामपंचायत पिपराही वडा नम्बर-२  कमल पुर बस्ने धर्मेन्द्र सिंहको छोरा बर्ष अन्दाजी-१७ को राजिव सिंह पछाडी सवार सोही स्थान बस्ने फुलेश्वर सिंहको छोरा बर्ष अन्दाजी-१४ को प्रिन्स सिंहको कम्मरमा भिरेको कटुवा पेस्तोल थान एक र निजले लगाएको ट्रयाकको गोजीबाट 303  राईफलमा लाग्ने गोली थान एक फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।