प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०४-०६

  • A
  • A-
  • A+
Share


१.     पर्सा, बिरगंज महानगरपालिका २५ सिर्सिया स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ पुरिया (तौल नखुलेको), नाईट्राभेट-१० लेखिएको १६ पिस ट्याब्लेट र गाँजा ११ ग्राम सहित जिल्ला पर्सा बिरगंज महानगरपालिका १ बस्ने बर्ष १९ को रोहित साह तेलीलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छप्कैयाबाट खटिएको प्रहरी टोलीले सिर्सिया स्थित भारतबाट छप्कैया तर्फ आउँदै गरेको अवस्थामा चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

२.     पर्सा, बहुदरमाई नगरपालिका ९ बिश्रामपुर स्थितबाट लागू औषध गाँजा ५ किलो सहित सोही स्थान बस्ने बर्ष १६ को अमिरी साह गुप्तालाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बहुअर्वाभठाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाईकलमा सवार निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

३.     सर्लाही, ईश्वरपुर नगरपालिका ७ स्थितबाट लागू औषध Nitravet-10 लेखिएको ९० ट्याब्लेट, Nitrazepam लेखिएको २२० ट्याब्लेट र CCTV थान २ सहित ईश्वरपुर न.पा. ९ रामनगर बस्ने वर्ष १९ को बिकी साहलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरी गस्ती टोलिले चेकजाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध र CCTV सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

४.     सिरहा, मिर्चैया नगरपालिका ६ कटारी चोक स्थितबाट लागू औषध गाँजा ५०० ग्राम सहित जिल्ला सिरहा मिर्चैया नगरपालिका ५ बस्ने बर्ष २८ को भोला पंजियारलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-१०-२६

१.      सप्तरी, बलान बिहुल गाउँपालिका- ४ बेल्ही-चन्ही सडक खण्डबाट स्रोत नखुलेको नेपाली रुपैयाँ रु.१३,००,०००।– (अक्षरेपी तेह्र लाख ), प्रदेश २-०१-००२ प ४४८१ नम्वरको मोटरसाइकल सहित १ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिरहा भगवानपुर गाउँपालिका-४ बस्ने  बिजय कुमार साहको छोरा अन्दाजि बर्ष २३ को  हरीशंकर कुमार साह रहेको छ । प्रहरी  चौकी बेल्ही सप्तरीबाट खटिएको प्रहरी चेकिङ् टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त मोटतसाइकल माथि शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा स्रोत नखुलेको नेपाली रकम रु.१००० को १२०० थान, रु.५०० को २०० थान गरी माथी उल्लेखित जम्मा रकम फेला पारी स्रोत नखुलेको रकम र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-२५

१.      धनुषा, जनकपुर उप- महानगरपालिका-१ पुलचौकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित १ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहिदनगर नगरपालिका-४ घर भई हाल जि.धनुषा जनकपुर उप-महानगरपालिका-२ वकिल टोल बस्ने शिव नारायण गोहिबारको छोरा अन्दाजि वर्ष १७ को श्याम गोहिबार रहेका छन् । वडा प्रहरी कार्यालय रेल्वे धनुषाबाट खटिएको प्रहरीले पुलचोक स्थित रेल्वे ट्रयाक नजिकै कपिलेश्वरबाट पुलचोक तर्फ आउँदै गरेको मधेश प्रदेश २-०२-००३ प १०६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सिरहा, बिष्णुपुर गाउँपालिका-१ सिरहा चौहर्वा सडक खण्डबाट अवैध लागूऔषध NITRAZEPAM TAB. १ पत्ता १०वटा  ट्यावलेट, ज. १२ प. ३४६८ को मोटरसाइकल सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका-८ मझाउ टोल बस्ने नरेश ठाकुरको छोरा अन्दाजि बर्ष २५ को जितेन्द्र ठाकुर र सोहि मोटरसाइकलमा पछाडि सवार सोही स्थानमा बस्ने राम नारायण यादबको छोरा बर्ष २० को बिशम्बर यादब रहेका छन् । इलाका प्रहरी कार्यालय बिष्णुपुरबाट  खटिएको प्रहरीले सिरहाबाट चौहर्वा तर्फ जादै गरेको उक्त मोटरसाइकललाई चेकजाँच गर्दा निज बिशम्बर यादबको साथबाट उक्त पदार्थ फेला पारी लागू पदार्थ र मोटरसाइकल सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      सिरहा, भगवानपुर गाउँपालिका-३ अभयनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम सहित२१ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपुरपट्टि गाउँपालिका-०४ शिवनगर घर भई हाल जिल्ला सिरहा लहान नगरपालिका-१३ बस्ने चनरदेव ठाकुर बरहीको छोरा अन्दाजि बर्ष १९ को दिलिप कुमार शर्मा र सोही नगरपालिका-२४ बस्ने मोहित लाल यादवको छोरा अन्दाजि बर्ष १८ को रोशन कुमार यादव रहेका छन् । सश्स्त्र प्रहरी सुरक्षा गुल्म इनर्वा सिरहाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको ना ५९ प ९३७५ नं. को मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      धनुषा, मुखियापट्टी मुसहरनिया गाउपालिका-६ बैरियाबाट बेवारिसे अवैध लागूऔषध गाँजा २२७ किलो ४२६ ग्राम शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । अबैध रुपमा लागूऔषध गाँजा राखिरहेको छ भनी गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी बहेडाबेला धनुषाबाट खटिएको संयूक्त प्रहरीले उक्त स्थानमा गई चेकजाँच गर्दा बिशेस्वर यादवको छोरा अन्दाजि बर्ष ५० को सिबन यादको गोठघरबाट १३ वटा पोका र सोही स्थानमा बस्ने अन्दाजि बर्ष ४० को रामपृत यादवको केराउको खेतबाट तिनवाट बोरा भित्र राखेको २४ वटा पोकाबाट गरी जम्मा उक्त लागूऔषध नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-१०-२५

१.      रौतहट, गौर नगरपालिका वडा नं. ०३ अदालत अगाडी सडक खण्ड बाटो स्थितबाट स्रोत नखुलेको नेपाली रुपैयाँ रु.४,९९०००।– (अक्षरेपी चार लाख उनानसय हजार), BR 30 U 7247 नम्वरको मोटरसाइकल सहित गौर नगरपालिका-०१ बस्ने अन्दाजि वर्ष ४४ को राकेश प्रसादलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी चेकिङ् टोलिले गौर भन्सार कार्यालयबाट बि.पि.चोक तर्फ आउदै गरेको उक्त मोटतसाइकल माथि शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा स्रोत नखुलेको नेपाली रकम रु.१००० को २९९ थान, रु.५०० को ४०० थान गरी माथी उल्लेखित जम्मा रकम फेला पारी स्रोत नखुलेको रकम र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।