बिल बिजक नभएको सामान नियन्त्रणमा
२०८०-०६-०१
- A
- A-
- A+
बारा, मिति २०८०/०६/०१ गते अ. ०२:१५ बजेको समयमा जि.बारा
जितपुरसिमरा उ.म.न.पा.१ तिनकुने चौक स्थित प्र.चौ. पथलैया, बाराबाट प्र.ब.ह. सिकिन्द्र
चौधरीको कमाण्डमा खटिएको चेकिङ टोलीले काठमाण्डौबाट धरान तर्फ जाँदै गरेको
प्र.३-०१-००५ख.९९६९ न.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा बस भित्र लुकाई छिपाई
ल्याउँदै गरेको अनलाईन बिल, भ्याट बिल नभएको अ. मु. रु.१,२१,०००/- (एक लाख एक्काईस
हजार) बराबरको जिम हलको सरसामान २ कार्टुन ठुलो नियन्त्रणमा लिई प्र.चौ. पथलैया,
बारामा राखिएको, बस आफ्नो गन्तब्य तर्फ गएको ।