ट्रक सहित सामान नियन्त्रणमा
२०८०-०६-०२
- A
- A-
- A+
१.
बारा, मिति २०८०/०६/०१ गते अ.२१:४५ बजेको
समयमा विशेष सुराकिको आधारमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.०७ जितपुर स्थित ई.प्र.का.
जितपुर, बाराबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलिले चेकजाँच गर्ने
क्रममा बिरगंजबाट मोरङ तर्फ आउँदै गरेको ना.२.ख.९६१० न. को ट्रकलाई चेक जाँच गर्दा
निम्न सामान जम्मा अ.मु. रू. २०,४१,७०५/- (बिस लाख एकचालिस हजार सात सय पाँच) बराबरको
सामानहरुको VCTS बिल र Manitest बिलमा भएको सामानको विवरण नमिलेकोले
उक्त ट्रक सहित निम्न सामानहरु नियन्त्रणमा लिई ई.प्र.का. जितपुर, बारामा ल्याई
राखिएको ।
निम्न:- Gas lighter, Cake, Sweets, Tyre, Taas, Hardware का खुद्रा
सामानहरु ।
२.
बारा, मिति २०८०।०६।०१ गते अं.२०:५० बजेको
समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१ पथलैया चोकमा प्र.चौ. पथलैया बाराबाट
प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले बिशेष सुचनाको आधारमा विरगंजबाट काठमाडौं
तर्फ जाँदै गरेको ना.६ख.४९४० नं.को डिब्बा ट्रक लाई रोकी चेक जाँच गर्दा विल विजक
भन्दा बढीको खुद्रा सामानहरू रहेको र उक्त सामानको स्रोत खुलाउन नसकेको कारण
अं.मुल्य रू. ३५,१३,५५५/- (पैतिस लाख तेह्र हजार पाँच सय पचपन्न) बराबरको खुद्रा
सामानहरु सहित डिब्बा ट्रक नियन्त्रणमा लिई प्र.चौ. पथलैया बारामा ल्याई राखिएको, चालक
सम्पर्कमा रहने गरि छोडेको ।