भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको सर समानहरु बरामद
२०८०-०६-०४
- A
- A-
- A+
रौतहट, मिति २०८०।०६।०२
गतेका दिन जि.प्र.का. रौतहट तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट माछा, आलु, प्याज, सुजि,
चिनी, कस्तुरी रक्सी लगायतका सर समानहरु सहित ६ जना मानिसहरु, मोटरसाईकल ७ थान र पिकअप
गाडी थान १ सहितको मुल्य रु. २५,०२,०५०/- (पचिस लाख दुई हजार पचास) बरावरको भन्सार
छली गरी ल्याएका सर समानहरु कानुन बमोजिम स्थानिय जनप्रतिनिधिहरुको रोहबरमा बरामद
गरी आवश्यक कार्वाहीको लागी रौतहट भन्सार कार्यालय गौरमा बुझाईएको ।