बिल बिजकमा मिति फरक परेको Disposable Electronic Cigarette बरामद
२०८०-०६-०४
- A
- A-
- A+
बारा, मिति
२०८०।०६।०३ गते अ.११.१० बजेको समयमा जि.बारा निजगढ न.पा.वडा न.८ तामागढी गेट
स्थितमा ई.प्र.का. निजगढ, बाराबाट प्र.स.नि. बालाराज गिरीको कमाण्डमा खटिएको चेकिङ
टोलीले चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट मलङ्गवा तर्फ जाँदै गरेको प.३-०१-००६ ख
१२८९ नम्बरको बसमा disposable
Electronic Cigarette ल्याउँदै गरेको अवस्थामा अनलाईन बिल र भ्याट
बिलमा मिति २०८०।०५।३१ गते भएको र उक्त सामान मिति २०८०।०६।०३ गते बसमा लिई आएको अवस्थामा
फेला परेको हुँदा उक्त समान disposable Electronic Cigarette
१० कार्टुन अ. मुल्य रु. १८,४६,४२०/-
(अठार लाख छयालिस हजार चार सय बिस) बराबरको disposable Electronic
Cigarette नियन्त्रणमा लिई ई.प्र.का. निजगढ, बारामा राखिएको उक्त
सामान ल्याउने मानिस नभएको बसमा राखि
पठाएको बस गन्तव्य तर्फ पठाईएको ।