प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध भन्सार छलीका सामान सहित मो.सा. नियन्त्रणमा

२०८०-०६-०४

  • A
  • A-
  • A+
Share

१.      रौतहट, मिति २०८०।०६।०३ गते अं. ११:०० बजेको समयमा प्र.चौ. रामपुर खाप रौतहटबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा  जिल्ला रौतहट परोहा न.पा. ९ स्थित भारतबाट अवैध रुपमा भन्सार छलि प्रदेश २-०३-००२ प २७३६ , BR 05 LS 8405 BR 05 AU 1124  नंम्बरको  मो.सा.मा आलु र प्याज लगायतका सामानहरु लोड गरि नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी गस्ति टोलिलाई देखी प्रदेश २-०३-००२ प २७३६ , BR 05 LS 8405 BR 05 AU 1124  नंम्बरको  मो.सा. सहित आलु र प्याज फाली मानिस फरार रहेको,  उक्त मो.सा., आलु र प्याज  प्रहरी टोलीले नियन्त्रणमा लिई उक्त मो.सा., आलु र प्याजको मूल्य रु.१,२२,५६०/-  कायम गरि आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गराएको ।

 

२.      रौतहट, मिति २०८०।०६।०३ गते अं. १६:४५ बजेको समयमा ई.प्र.का.बन्जरहा रौतहटबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा  जिल्ला रौतहट ईशनाथ न.पा. ७ डुमरिया चौक स्थित भारतबाट अवैध रुपमा भन्सार छलि BR 30 F 9971  नंम्बरको  मो.सा.मा किराना सामानहरु लगायतका सामानहरु लोड गरि नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी गस्ति टोलिलाई देखी BR 30 F 9971 नंम्बरको मो.सा. सहित मो.सा.मा किराना सामानहरु फाली मानिस फरार रहेको, उक्त BR 30 F 9971  नंम्बरको  मो.सा.मा किराना सामानहरु प्रहरी टोलीले नियन्त्रणमा लिई मूल्य रु.९०,९९०/- कायम गरि आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गराएको (०)

 

३.      रौतहट, मिति २०८०।०६।०३ गते अं. १६:३० बजेको समयमा प्र.चौ.जयनगर रौतहट र ई.प्र.का.कोप्वा पिपरिया रौतहटबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट परोहा न.पा. ६ र बौधीमाई न.पा.२ स्थित भारतबाट अवैध रुपमा भन्सार छलि साईकल थान-१ , BR 05 AB 3371  BR 22 Y 5558  नंम्बरको   मो.सा. र साईकलमा चिनि र सोफी -१५ कार्टुन लगायतका सामानहरु लोड गरि नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी गस्ति टोलिलाई देखी साईकल थान-१ , BR 05 AB 3371  BR 22 Y 5558  नंम्बरको   मो.सा. र साईकलमा चिनि र सोफी -१५ कार्टुन सहित जिल्ला रौतहट ईशनाथ न.पा. ६ बस्ने शेख अनवरलाई नियन्त्रणमा लिई साईकल, मो.सा. र समानहरुको मुल्य  रु. १,८२,५००/-  कायम गरि आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गराएको ।

 

४.      रौतहट, मिति २०८०।०६।०३ गते अं. १९:३० बजेको समयमा जि.प्र.का. रौतहट तथा ई.प्र.का. कोप्वापिपरीयाबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट परोहा न.पा. ६ स्थित भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी आवश्यक विलविजक नभएको माछा प्रदेश ३-०१-०२३च ९३४४ को पिकअप गाडीमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले फेला पारी पिकअप गाडी र माछा १० क्विन्टल सहित जिल्ला पर्सा बिरगंज उ.म.न.पा. वडा नं. १६ फुलवारी टोल बस्ने नसरुदिन हवारीको छोरा अं. बर्ष ३७ को रेयाज हवारी, ऐ. ऐ. बस्ने बर्ष १७ को धिरज ठाकुर लोहार र जिल्ला रौतहट यमुनामाई गा.पा. वडा नं. ५ बस्ने अं. बर्ष २४ को महमद कलामुदिन समेत ३ जानालाई नियन्त्रणमा लिई प्रदेश ३-०१-०२३च ९३४४ पिकअप गाडी र माछाको मुल्य रु.१९,००,०००/- (उन्नाईस लाख मात्र) कायम गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गराएको ।

सम्बन्धित समाचार
लागू औषध सहित गाडी र मानिस नियन्त्रणमा
२०८१-०२-१३

१.      धनुषा, जनकपुर उ.म.न.पा.१३ पिराडी चोकबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ अं. २५० किलो सहित जिल्ला सर्लाही हरिवन न.पा.८ स्कुलटोल बस्ने अं. वर्ष ३० को नेत्र बहादुर श्रेष्ठ सहित हरिवन न.पा. २ अत्रौली बस्ने अं. वर्ष २१  को अर्पन थोकर र  अं. वर्ष २२ को बिशाल थोकरलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले बा.प्र.०१-०२७ च १९७७ नं.को स्कार्पियो गाडीलाई चेकजाँच गर्ने क्रममा लागु औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।२.     धनुषा, जनकपुर उप-महानगरपालिका -१९ शिवपुरबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ अं. ५०० ग्राम र नगद रु. ११,६१०/- सहित शिवपुर टोल बस्ने अं. वर्ष ६८ को दशरथ ठाकुरलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरी चेकिङ टोलिले निजलाई उक्त लागु औषध र नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।३.     पर्सा, बिरगंज .म.न.पा. १६ रजयजयन्ती चोकबाट लागू औषध NITRAVET-10 लेखिएको ४६ पिस ट्याव्लेट सहित जिल्ला काठमाण्डौ का.म.न.पा. ३ बस्ने अं. वर्ष २१ को हेनिस अधिकारीलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा तथा लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले रक्सौलबाट विरगंज बजार तर्फ पैदल आईरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ४.     पर्सा, बिरगंज .म.न.पा. १६ रजयजयन्ती चोकबाट लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट ३ पत्तामा १५ पिसका दरले जम्मा ४५ पिस ट्याव्लेट सहित जिल्ला सप्तरी राजविराज न.पा. ८ बस्ने वर्ष ३० को रुपेश यादवलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले रक्सौलवाट बिरगंज बजार तर्फ आईरहेको ना. २५ प. ४०४० नम्बरको सुपर स्पलेन्डर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हतियार सहित मानिस नियन्त्रणमा
२०८१-०२-१३

१.      सप्तरी, SEMI AUTOMATIC पेस्तोल १ थान, सोहि पेस्तोलको म्यागजिन २ थान  र सो पेस्तोलमा लाग्ने (७६५ नं.) २ राउण्ड गोली सहित जि. सप्तरी सुरुङ्गा नगरपालिका ६ श्रीपुर बस्ने बर्ष ४५ को बिशेश्वर प्रसाद साह र जिल्ला काठमाण्डौ टोखा नगरपालिका ८ बस्ने बर्ष ४२ को बम बहादुर तामाङलाई शुक्रवार राती प्रहरीले पक्राउ गरेको छ । इ.प्र.का. कल्याणपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला सप्तरी खडक नगरपालिका ८ भदिया स्थित बोदेबर्साईनबाट बिसनपुर तर्फ आउँदै गरेको स. ६ प. ५९०८ नं. को मोटरसाईकललाई चेक जाँच गर्दा उक्त हतियार सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०२-११

१.      सर्लाही, जि.सर्लाही लालबन्दी न.पा. १४ बस्ने अ. बर्ष २५ को मन बहादुर रुम्बालाई २ के.जी. ८ सय ग्राम लागु औषध गाँजा सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाहीबाट खटिएको प्रहरी टोलीले जि. सर्लाही लालबन्दी न.पा. ७ मरिनचोकबाट उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सिरहा, जिल्ला सिरहा लहान न.पा. १८ सोभापुर बस्ने वर्ष अं. २० को मोहमद मकसुतलाई अं. ५० ग्राम लागु औषध गाँजा सहित बिहीबार राती प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी लहान सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।