अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको
२०८०-०६-०५
- A
- A-
- A+
सर्लाही, मिति २०८०।०६।०४ गते अं. ०७:१० बजेको समयमा जि.प्र.का. सर्लाही तथा
मातहत प्रहरी कार्यालयहरुले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै
गरेको निम्न सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कारबाही भईरहेको ।
निम्न:
१. जिल्ला सर्लाही पर्सा गा.पा. ६ दशगजा
स्थित प्र.चौ. पर्सा सर्लाहीबाट प्र.स.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले ना ४ प
७१६१ नं.को मो.सा.मा ८० वटा (अं. ३०० के.जि.) कुखुरा लोड गरि भारतबाट नेपाल तर्फ
ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई
देखी मानिस फरार भएको उक्त कुखुरा, मो.सा. सहित अं.मु.रु. १,३०,०००/- बराबरको
नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको ।
२. जि.सर्लाही बलरा न.पा. ३ स्थित ऐ. बस्ने सतन रायको घरमा भन्सार छली लुकाई
छिपाई कपडा ल्याई राखेको छ भन्ने विशेष सुचनाको अधारमा ई.प्र.का. बलरा सर्लाहीबाट
प्र.ब.ना.नि. को कमाण्डमा खटिएको टोली खटि गई विभिन्न किसिमको कपडाहरु ४ बोरा अं.मु.रु. १,५०,००० ।- बराबरको बरामद गरि
ई.प्र.का. बलरा सर्लाही ल्याई राखेको मानिस फरार रहेको ।