फरार प्रतिवादी पक्राउ
२०८०-०६-०८
- A
- A-
- A+
सिरहा, मिति
२०८०।०६।०७ गते अं. १७:०० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा.८ मझाउ स्थितमा ई.प्र.का.
मिर्चैया सिरहाबाट प्र.स.ह.को कमाण्डमा खटिएको गस्ती टोलीले सम्मानित सिरहा जिल्ला
अदालत सिरहाको च.नं.२९७५ मिति २०८०।०५।१५ गतेको पत्रादेशानुसार पक्राउ पुर्जी अनुमती जारी भएका ज्यान मार्ने
उधोग मुद्दा (मुद्दा दर्ता नं.५४- ०७७/०७८) (चालु) मुद्दाका फरार प्रतिवादी जिल्ला
सिरहा मिर्चैया न.पा.८ बस्ने मिश्री रायको छोरा वर्ष २५ को सुनिल रायलाई निजकै
गाउँ घरबाट पक्राउ गरि आवश्यक कार्वाहीको लागि ई.प्र.का. मिर्चैयामा ल्याई राखिएको ।