सामान नियन्त्रणमा लिएको
२०८०-०६-०९
- A
- A-
- A+
बारा, मिति २०८०/०६/०८ गते अ.२३:५५ बजेको समयमा जि.बारा
जितपुरसिमरा उ.म.न.पा.१ स्थित पथलैया चौकमा प्र.चौ. पथलैया, बाराबाट प्र.ब.ना.नि. को
कमाण्डमा खटिएको चेकिङ टोलीले गौरबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.७.ख.१७३८ न.को
बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको डिक्किमा लुकाई छिपाई लैजादै गरेको कुनै पनि
विल भरपाई नभएको एयर पोड-४५ पिस र स्मार्ट वाच-१० पिस गरी जम्मा अं.मु. रू.९७,५००/-
(सन्तान्नबे हजार पाँच सय) बराबरको नियन्त्रणमा लिई प्र.चौ. पथलैयामा राखिएको, बस
आफ्नो गन्तब्य तर्फ गएको ।