ट्रक सहित सामान नियन्त्रणमा
२०८०-०६-०९
- A
- A-
- A+
बारा, मिति २०८०/०६/०८ गते अ.१७:०० बजेको समयमा विशेष सुराकिको
आधारमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.०७ जितपुर स्थित ई.प्र.का. जितपुर बाराबाट
प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा बिरगंजबाट
बाँके तर्फ आउँदै गरेको ना.४.ख.५४०६ न.को ट्रकलाई चेक जाँच गर्दा मोटर पार्टस, स्टेसनरी
पार्टस र मोबाईलको पार्टस जम्मा अ.मु. रू. ८५,००,२१७/- (पचासी लाख दुई सय सत्र
रुपैयाँ) बराबरको सामानहरु बिल बिजक भन्दा बढी र सामानहरुको स्रोत खुलाउन नसकेको
कारण उक्त ट्रक सहित उक्त सामानहरु नियन्त्रणमा लिई ई.प्र.का. जितपुर बारामा ल्याई
राखिएको ।