प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामान नियन्त्रणमा लिएको

२०८०-०६-१०

  • A
  • A-
  • A+
Share

बारा, मिति २०८०।०६।०९ गते अं ०८:२० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१८ बडहर्वा चोक स्थित प्र.चौ. जैतापुर, बाराबाट प्र.स.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले कलैयाबाट पिलुवा तर्फ आउँदै गरेको ना.२.ख.९७३८ न.को ट्रकलाई रोकी चेकजाँच गर्दा बिल भरपाई नमिलेको खुद्रा सामानहरु अ.मु.रु. ३५,००,०००/- (पैंतिस लाख) बराबरको खुद्रा सामानहरु, ट्रक चालक जिल्ला बारा परवानिपुर गा.पा.३ बस्ने अ. वर्ष ४० को शौखत मियालाई नियन्त्रणमा लिई ई.प्र.का.सिमरा बुझाउने पहल भई रहेको ।

सम्बन्धित समाचार
लागू औषध सहित गाडी र मानिस नियन्त्रणमा
२०८१-०२-१३

१.      धनुषा, जनकपुर उ.म.न.पा.१३ पिराडी चोकबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ अं. २५० किलो सहित जिल्ला सर्लाही हरिवन न.पा.८ स्कुलटोल बस्ने अं. वर्ष ३० को नेत्र बहादुर श्रेष्ठ सहित हरिवन न.पा. २ अत्रौली बस्ने अं. वर्ष २१  को अर्पन थोकर र  अं. वर्ष २२ को बिशाल थोकरलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले बा.प्र.०१-०२७ च १९७७ नं.को स्कार्पियो गाडीलाई चेकजाँच गर्ने क्रममा लागु औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।२.     धनुषा, जनकपुर उप-महानगरपालिका -१९ शिवपुरबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ अं. ५०० ग्राम र नगद रु. ११,६१०/- सहित शिवपुर टोल बस्ने अं. वर्ष ६८ को दशरथ ठाकुरलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरी चेकिङ टोलिले निजलाई उक्त लागु औषध र नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।३.     पर्सा, बिरगंज .म.न.पा. १६ रजयजयन्ती चोकबाट लागू औषध NITRAVET-10 लेखिएको ४६ पिस ट्याव्लेट सहित जिल्ला काठमाण्डौ का.म.न.पा. ३ बस्ने अं. वर्ष २१ को हेनिस अधिकारीलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा तथा लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले रक्सौलबाट विरगंज बजार तर्फ पैदल आईरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ४.     पर्सा, बिरगंज .म.न.पा. १६ रजयजयन्ती चोकबाट लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट ३ पत्तामा १५ पिसका दरले जम्मा ४५ पिस ट्याव्लेट सहित जिल्ला सप्तरी राजविराज न.पा. ८ बस्ने वर्ष ३० को रुपेश यादवलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले रक्सौलवाट बिरगंज बजार तर्फ आईरहेको ना. २५ प. ४०४० नम्बरको सुपर स्पलेन्डर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हतियार सहित मानिस नियन्त्रणमा
२०८१-०२-१३

१.      सप्तरी, SEMI AUTOMATIC पेस्तोल १ थान, सोहि पेस्तोलको म्यागजिन २ थान  र सो पेस्तोलमा लाग्ने (७६५ नं.) २ राउण्ड गोली सहित जि. सप्तरी सुरुङ्गा नगरपालिका ६ श्रीपुर बस्ने बर्ष ४५ को बिशेश्वर प्रसाद साह र जिल्ला काठमाण्डौ टोखा नगरपालिका ८ बस्ने बर्ष ४२ को बम बहादुर तामाङलाई शुक्रवार राती प्रहरीले पक्राउ गरेको छ । इ.प्र.का. कल्याणपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला सप्तरी खडक नगरपालिका ८ भदिया स्थित बोदेबर्साईनबाट बिसनपुर तर्फ आउँदै गरेको स. ६ प. ५९०८ नं. को मोटरसाईकललाई चेक जाँच गर्दा उक्त हतियार सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०२-११

१.      सर्लाही, जि.सर्लाही लालबन्दी न.पा. १४ बस्ने अ. बर्ष २५ को मन बहादुर रुम्बालाई २ के.जी. ८ सय ग्राम लागु औषध गाँजा सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाहीबाट खटिएको प्रहरी टोलीले जि. सर्लाही लालबन्दी न.पा. ७ मरिनचोकबाट उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सिरहा, जिल्ला सिरहा लहान न.पा. १८ सोभापुर बस्ने वर्ष अं. २० को मोहमद मकसुतलाई अं. ५० ग्राम लागु औषध गाँजा सहित बिहीबार राती प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी लहान सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।