भन्सार छलीका सामान पक्राउ
२०८०-०६-१०
- A
- A-
- A+
१. सिरहा,
मिति २०८०।०६।०९ गते अं. २०:०० बजेको समयमा जिल्ला
सिरहा मिर्चैया नगरपालिका वडा नं. ६ कटारी चोक देखि पश्चिम सडकको किनारमा बोरामा
बेवारिसे अवस्थामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको खुद्रा सामानहरु
अं. मु. रू. ३,८७,६५०/- (तीन लाख सतासी हजार छ सय पचास) बराबरको सामानहरु तालुक
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र ई.प्र.का.
मिर्चैयाबाट QRT प्र.ह. को कमाण्डमा खटिएको प्रहरी टोलीले
फेला पारी रित पुर्वक बरामद गरी ई.प्र.का. मिर्चैयामा ल्याई राखेको ।
२. सिरहा,
मिति २०८०।०६।०९ गते अं.१०:३० बजेको समयमा जिल्ला सिरहा
गोलबजार न.पा.६ स्थित पूर्व पश्चिम लोकमार्गमा ई.प्र.का. गोलबजार सिरहाबाट प्र.नि.
को कमाण्डमा सशस्त्र प्रहरी समेतको संयुक्त टोलीले चेक प्वाईन्ट थापी चेक जाँच
गर्ने क्रममा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मो.सा. रोक्न
खोज्दा मो.सा.र झोला छाडी मो.सा.चालक भागी फरार भएकोले तत्काल झोला सशस्त्र प्रहरी
टोलीले नियन्त्रणमा लिई झोला चेकजाँच गर्दा झोला भित्र भन्सार छली ल्याएको निम्न
मुल्य बराबरको मोवाईल थान -१८ र उक्त मो.सा.समेत नियन्त्रणमा लिई सशस्त्र प्रहरी
बेस गोलबजार मार्फत उक्त समान भन्सार पठाउने कार्य भईरहेको ।
निम्न
सामानहरुः-
१. रेडमी मोवाईल 12C-४ थानको
प्रतिगोटा १४,०००।–को दरले अं.मु.रु.५६,०००।–
२. रेडमी मोवाईल A2-१० थानको
प्रतिगोटा १२,०००।– को दरले अं.मु.रु.१,२०,०००।–
३. स्मार्ट मोवाईल HD-४ थानको
प्रतिगोटा १४,५००।– को दरले अं.मु.रु.५८,०००।–
४. नम्बर पलेट नभएको यामाहा कम्पनिको MT
15,च्यासिस नं.-MEIRG6866P0006797, ईन्जिन नं.-G3N4E0512176
को मो.सा.को अं.मु.रु.२,५०,०००।–
गरी जम्मा अं.मु.रु.४,८४,०००।–