सोफी रक्सी सहित गाडी नियन्त्रणमा
२०८०-०६-१६
- A
- A-
- A+
रौतहट, मिति
२०८०।०६।१५ गते अं.१८:०० बजेको समयमा जिल्ला रौतहट गौर न.पा. ५ स्थित नेपालबाट
अवैध रुपमा बिल बिजन नभएको सोफी रक्सी ६१२ पिस BR05W1467 नं.को मो.सा.
र BR30P5136 नं.को टेम्पु गाडीमा लोड गरी भारत तर्फ लैजाँदै
गरेको अवस्थामा जि.प्र.का. रौतहट र प्र.चौ.औरैयाबाट खटिगएको गस्ती टोलीलाई देखी
सोफी सहित गाडी छाडी मानिस फरार भएको, उक्त सोफी, मो.सा. र टेम्पु सहित
नियन्त्रणमा लिई मुल्य रु.४,६८,३९०/- कायम गरी आवश्यक कारवाहीको लागि गौर भन्सार
कार्यालय रौतहटमा दाखिला गराएको ।