अनाधिकृतरूपमा भण्डारण गरी राखिएका २३२५ के.जी.केराउ बरामद
२०८०-०६-१६
- A
- A-
- A+
पर्सा, सूचना परिचालन
तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०८०।०६।१५ गते १६:००
बजेको समयमा जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वीरगञ्ज
महानगरपालिका वडा नं.१६ रेल्वे सडकखण्ड बस्ने वर्ष ४६ को अजय साहले सञ्चालन गरेको
जय माँ गाला किराना स्टोरमा अनाधिकृतरूपमा भण्डारण गरी राखिएको केराउ २५ के.जी का
दरले ९३ बोरा जम्मा २३२५ के.जी. अ.मू. रू.२,७९,०००।– (दुई लाख उनानअसी हजार)
बराबरको केराउ कानूनी रीतपुर्याई बरामद गरी जि.प्र.का. पर्सामा ल्याइ थप
अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने कार्य भैरहेको ।