प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कान्ती देवी वीनको हत्या सम्बन्धमा

२०८०-०६-१६

  • A
  • A-
  • A+
Share

घटनाको छोट्करी विवरण:

पर्सा, मिति २०८०/०६/०२ गते दिउँसो अं.१५:०० बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका वडा नं.५ मसिहानी टोल बस्ने स्व. सनिक राउत विनको श्रीमती अं.वर्ष ५६ की कान्ती देवी वीनलाई निजकै घर कोठा भित्र  घाटी रेटी कर्तव्य गरी मारेको अवस्थामा मृतक लाश फेला परेको भन्ने जानकारी प्राप्त ।

वारदात मिति, समय र स्थान:- मिति २०८०/०६/०१ गते राती अं.२३:४५ बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गा.पा.वडा नं.५ मसिहानी टोल स्थित मृतकको घर भित्र ।

प्रहरी परिचालन: घटनाको सूचना प्राप्त हुनासाथ जि.प्र.का. पर्साबाट कार्यालय प्रमुखको कमाण्डमा SOCO, तालिम प्राप्त कुकुर  सहितको प्रहरी टोली घट्नास्थलमा खटी गई घट्नास्थल तथा लाशजाँच मुचुल्का लगायतका कार्य पुरा गरी मृतक लाश पोष्ट मार्टमको लागि नारायणी अस्पताल बीरगंजमा पठाइएको र मृतकको छोरा बैदेशिक रोजगारको शिलसिलामा मलेसियामा रहेको हुँदा पोष्ट मार्टम पश्चत मृतक लास सदगतको लागि तत्काल मृतकको जेठाजु नाता पर्ने चन्द्रिका राउत वीनले जिम्मा बुझी लगेको ।

 

अनुसन्धानबाट हाल सम्म खुलेका तथ्यहरु

·       मृतकको छोरा जाहेरवाला अर्जुन मुखिया वीन बिदेशबाट घर आए पश्चात प्रतिवादी लालबाबु राउत वीनको नाममा मिति २०८०/०६/०७ गतेका दिन किटानी जाहेरी दरखास्त दिए पश्चात निज प्रतिवादीलाई पक्राउ गरी प्रस्तुत मुद्दामा सोही दिन म्याद थप गरी अनुसन्धान कार्य जारी गरिएको ।

·       प्रतिवादी लालबाबु राउत वीनलाई अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा प्रस्तुत घटनामा निज लालबाबु राउत वीन, मृतकको जेठाजुहरु चन्द्रिका राउत वीन र अमीरीका राउत वीन समेतको संलग्नता रहेको भनि खुलाएको हुँदा निजहरूलाई समेत मिति २०८०/०६/१४ गतेको पक्राउ सम्मानित अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको ।

·       प्रतिवादीहरूले मृतकको घरमा चोरी गर्ने योजना बनाई मृतकको घरमा सुरुङ बनाइ (सेनकाटी)घर भित्र प्रवेश गरी चोरी गर्नको लागि बक्साहरू खोतिल्दै गरेको अवस्थामा मृतक बिउझी प्रतिवादीहरूलाई चिने पश्चात पोल खुल्ने डरले प्रतिवादीहरू मिली मृतकको टाउकोमा रड र काठको फलेकले प्रहार गरी बेहोस बनाए पश्चात, प्रतिवादी  सिरानीले मुख थुनि खुर्पीले घाँटी  रेटी हत्या गरेको भनि प्रतिवादी लालबाबु राउत वीनको बयानबाट खुलेको ।

·       अनुसन्धानको क्रममा प्रतिवादीहरूको पोलिग्राफ परीक्षण समेत गराइएको  ।

·       घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको ।

घटनामा संलग्न तथा पक्राउ प्रतिवादीहरू

१) जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानी टोल बस्ने चलितर राउतको छोरा वर्ष ३६ को भुट्टा भन्ने लालबाबु राउत वीन । (पक्राउ मिति: २०८०/०६/०७)

२) ऐ.ऐ.बस्ने बृक्षा राउत वीनको छोरा वर्ष ५९ को चन्द्रिका राउत वीन । (पक्राउ मिति: २०८०/०६/१४)

३) ऐ.ऐ.बस्ने बृक्षा राउत वीनको छोरा वर्ष ५७ को अमिका भन्ने अमीरीका राउत वीन । (पक्राउ मिति: २०८०/०६/१४)

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०४

सिरहा, बरियारपट्टि गाउँपालिका-३ चमार टोल स्थितबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ७१० मिली ग्राम सहित औरही गाउँपालिका-३  बस्ने बर्ष २० को कृष्ण कुमार यादव र औरही गाउँपालिका-२ तुलसिपुर बस्ने बर्ष-१९ को निरज रायलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले देश भारत लदनियाबाट बरियारपट्टि तर्फ आउँदै गरेको प्रदेश २-०१-००२ प ३०६८ नम्बरको मोटरसाईकलमा सवार निजहरुलाईचेक जाँच गर्दा उक्त परिमाण बराबरको लागूऔषध फेला परेकोले निजहरुलाई  नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित मानिस प्रकाउ
२०८२-०२-०४

१.      महोत्तरी, औरही नगरपालिका-४ कठुधार स्थितबाट बिशेष सूचनाको आधारमा प्रहरी टोलीले चेक जाँच गर्दा मोटरसाइकल चालक सम्सी गाउँपालिका-७ बस्ने बर्ष-२५ को रवि साह र पछाडी सवार देश भारत जिल्ला सितामढी कनवा-३ बस्ने बर्ष-२० को रितेश साहको साथबाट स्रोत नखुलेको नगद ने.रु. ८,००,०००/-  (आठ लाख) रुपैयाँ फेला पारी निजहरुलाई उक्त रकम सहित नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सम्सीबाट गौशाला तर्फ आउँदै गरको मधेश प्रदेश ०२-००७ प ९६८१ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा स्रोत नखुलेको उक्त रकम सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सिरहा, सिरहा नगरपलिका-२ स्थित भारत जयनगरबाट बसबिट्टा तर्फ BR 06 4629 नम्बरको मोटरसाइकलमा सवार भई जाँदै गरेको देश भारत राज्य बिहार जिल्ला मधुबनी जयनगर बस्ने राम दियाल कारकको छोरा अन्दाजी बर्ष-४५ को सन्जय कारकलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्दा निजको दुबै तिघ्रा र घुँडा भन्दा मुनि लगाईएको KNEE BANDAGE हरूबाट स्रोत नखुलेको ने.रू. १६,३८,०००।- (सोह्र लाख अढत्तिस हजार) र भा.रू.२३० गरी जम्मा ने.रू.१६,३८,३७०।- (सोह्र लाख अढत्तिस हजार तिन सय सत्तरि) सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०२

महोत्तरी, बर्दिवास नगरपालिका ३ गौरीडाँडा स्थितबाट लागू औषध खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ ७.७३ ग्राम सहित जिल्ला सिरहा सिरहा नगरपालिका ७ महेश्वरथान टोल बस्ने बर्ष २० को दुर्गेश यादव र जिल्ला सर्लाही बलरा नगरपालिका ४ घर भई हाल जिल्ला सिन्धुली कमलामाई नगरपलिका ८ स्थितमा रहेको २ नम्बर बजारमा तरकारी पसल गरी बस्ने शिवमंगल साहको छोरा बर्ष २७ को चलाख भन्ने धर्मेन्द्र साहलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई ट्राफिक प्रहरी बिट अगाडी इलाका प्रहरी कार्यालय बर्दिवास र लागू औषध नियन्त्रण ब्युरो बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा बर्दिवासबाट सिन्धुली तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५७ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा निज दुर्गेश यादवलाई शंका लागी निजको शरीर तलाशी गर्दा उक्त परिमाण बराबरको लागू औषध खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेकोले निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८२-०१-३०

महोत्तरी, बर्दिबास नगरपालिका-३ अस्थाई ट्राफिक प्रहरी पोष्ट गौरीडाडाँ स्थितबाट लागू औषध खैरो ब्राउन जस्तो देखिने पदार्थ ५.३७ ग्राम सहित जिल्ला नुवाकोट लिखु गाउँपालिका ५ बस्ने वर्ष २८ को दिपेश श्रेष्ठ र सोही गाउँपालिकाको वडा नं. ६ बस्ने वर्ष २८ को राजेन्द्र डंगोललाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान सिरहा देखि काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७३०३ नम्बरको हायस गाडीलाई चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।