भन्सार छली ल्याउँदै गरेको विभिन्न किसिमका सामानहरु बरामद
२०८०-०६-१६
- A
- A-
- A+
रौतहट, मिति २०८०।०६।१५ गते विशेष सुचनाको
आधारमा भन्सार छली चोरी नियन्त्रणको लागि जि.प्र.का रौतहट तथा मातहत समेतबाट
खटिएको विशेष प्रहरी टोलीले जिल्ला रौतहटको बिभिन्न स्थानहरुबाट अवैध रुपमा भन्सार
छली चोरी पैठारी गरी लत्ताकपडा, खाद्यान्न, कस्मेटिक, ईलेक्ट्रोनिक र सोफी लगायतका
सामानहरु ३ वटा मो.सा.र १ वटा टेम्पो गाडीमा लोड गरी ओसार पसार गर्दै गरेको अवस्थामा
फेला पारी विभिन्न किसिमका लत्ताकपडा, खाद्यान्न, कस्मेटिक, ईलेक्ट्रोनिक र सोफी
लगायतका सामानहरु सहित मो.सा ३ थान र टेम्पो गाडी १ थान गरी अ.मुल्य
रु. १२,०६,०९०।-(ब्राह लाख छ हजार नब्बे मात्र) बराबरका नियन्त्रणमा लिई आवश्यक
कारवाहीको लागि मिति २०८०।०६।१५ गते गौर भन्सार कार्यालयमा बुझाईएको ।
साथै नजिकिंदै
गरेको महान चाडको अवसर पारी रौतहट सिमा क्षेत्रमा हुने भन्सार छली चोरी तस्करी
नियन्त्रणको लागी जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत समेतबाट सक्रिय रुपमा
प्रहरी टोली परिचालन गरिएको ।