अवैध भन्सार छलीका सामान नियन्त्रणमा
२०८०-०६-१७
- A
- A-
- A+
१.
बारा, मिति २०८०।०६।१६ गते २१:३० बजेको समयमा जिल्ला बारा विश्रामपुर
गा.पा. ४ बलिरामपुर स्थितमा भारतबाट नेपाल तर्फ अवैध रुपमा साईकलमा ल्याउँदै गरेको
अं. मुल्य रु. ६०,०००/- (साट्ठि हजार) बराबरको अवैध १ बोरा कपडा (रेडिमेड लेडिज
कुर्ता सुरुवाल) प्र.चौ. मुसर्हवा बाराबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको गस्ति
टोलीलाई देखी उक्त कपडा फालि मानिस साईकल लिई भागि गएको हुँदा उक्त कपडा बरामद गरि
प्र.चौ. मुसर्हवा बारामा ल्याई राखिएको ।
२.
बारा, मिति २०८०/०६/१६ गते अ.२१:३० बजेको
समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.१ स्थित पथलैया चौकमा प्र.चौ. पथलैया, बाराबाट
प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै
गरेको बा.प्र.-०३-००१.ख.०१९० न.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको डिक्किमा
लुकाई छिपाई लैजाँदै गरेको कुनै पनि विल भरपाई नभएको खुद्रा सामान अं.मुल्य
रु.८८,२५०/- (अठासि हजार दुईसय पचास) बराबरको नियन्त्रणमा लिई प्र.चौ. पथलैया बारामा
राखिएको, बस आफ्नो गन्तब्य तर्फ गएको ।