प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पटाका नियन्त्रणमा लिएको

२०८०-०६-१७

  • A
  • A-
  • A+
Share

धनुषा, मिति २०८०/०६/१६ गते अं.१४:४५ बजेको समयमा जिल्ला धनुषा बिदेह न.पा.२ सलैता गाछि स्थितमा भारतबाट विभिन्न किसिमका १०२ ब्याण्डल पटाका मो.सा.मा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा ई.प्र.का. दुहवी धनुषाबाट प्र.व.ना.नि. को कमाण्डमा खटिएको गस्ति टोलीलाई देख्ना साथ उक्त पटाका फाली मो.सा. सहित मानिस फरार भएकोमा उक्त पटाका अं.मुल्य रु.१,९३,२००/- बराबरको पटाका बरामद गरी आवश्यक अनुसन्धानको लागी जि.प्र.का. धनुषामा पठाईएको ।

सम्बन्धित समाचार
फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०८-२२

१.    रौतहट, मिति २०८०/०८/२० गते अं. १५:०० बजेको समयमा जिल्ला रौतहट देवाहिगोनाहि न.पा.५ बस्ने कर्तव्य ज्यान मुद्दाको (चालु मुद्दा)  फरार प्रतिवादीहरु जि.रौतहट देवाहिगोनाहि न.पा.५ बस्ने अं. वर्ष ३६ को राजेश तिवारी, ऐ. ऐ. बस्ने अं. वर्ष ३४ को रमेश तिवारी, ऐ. ऐ. बस्ने अं.वर्ष २८ को रन्जित तिवारी र ऐ. ऐ. बस्ने अं. वर्ष ५९ को सुरेश तिवारी गरुडा बजार एरियामा घुमफिर गरिरहेको छ भन्ने खबर ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गरुडाबाट प्र.नि.को कमाण्डमा टोलि खटि गई नियन्त्रणमा लिई ई.प्र.का. गरुडा रौतहटमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०८-२२

१.    पर्सा, मिति २०८०।०८।२१ गते अं. २०:३० बजेको समयमा जिल्ला पर्सा बि.म.न.पा १६ रजतजयन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोली र लागु औषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्री जिल्ला बारा करैया गा.पा. वडा नं ८ औनिया बस्ने बर्ष २१ को अनज चौधरीलाई चेक जाँच गर्दा निजको साथबाट ३५ पिस नाईट्राभेट बरामद भएकोमा ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का बिर्तामा बुझाएको । २.    सर्लाही, मिति २०८०।०८।२१ गते अं. १९:३० बजेको समयमा जिल्ला सर्लाही हरिपुर न.पा.२ स्थित ईलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटि गई चेकजाँच गर्ने क्रममा ऐ. वडा नं. ६ बस्ने वर्ष ३३ को जाकिर मंसुरलाई चेकजाँच गर्दा निजको साथबाट ला.औ. गाँजा २०० ग्राम सहित फेला परेकोले सोधपुछ गर्दा उक्त ला.औ. गाँजा ऐ. हरिपुर न.पा. ८ बस्ने अं. वर्ष ५८ को जुगेश्वर दास कथबनियाबाट खरिद गरी ल्याएको भनि बताएकोले निजलाई साथमा लिई जुगेश्वर दास कथबनियालाई खो.त.गर्दै जाने क्रममा निजकै घरबाटै फेला पारी निजको घर नजिकै रहेको परालको कुन्यु खानतलासी गर्दा कुन्युमा लुकाई छिपाई राखेको ४ किलो ५०० ग्राम ला.औ. गाँजा सहित दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ३.    सर्लाही, मिति २०८०।०८।२१ गते अं. २०:०० बजेको समयमा जिल्ला सर्लाही मलंगवा न.पा. ८ स्थित ऐ. ऐ. बस्ने अं. वर्ष ४४ को दुलार राय र ऐ. ३ बस्ने अं. वर्ष ३८ को चन्दन पासवान दुवै जना मिलि पालैपालो टाउकोमा बोकी भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा प्लाष्टिकको बोरा भित्र ला.औ. Wincerex-१२० बोतल फेला पारी ला.औ. सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।    ४.    सप्तरी, मिति २०८०/०८/२० गते अं. १९:३० बजेको समयमा जिल्ला सप्तरी सुरुङ्गा न.पा. वडा नं ६ कडरबोना चोक स्थित पुर्व पश्चिम लोकमार्ग सडक छेउमा मोटरसाईकल सहित मानिस लडिरहेको सूचना प्राप्त हुनासाथ ई.प्र.का. कडरबोना सप्तरीबाट प्र.स.ह. को कमाण्डमा खटिगएको प्रहरी टोलीले उक्त स्थानमा गई चेकजाँच गर्दा जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं ६ जलजले बस्ने मो. काशिमको छोरा वर्ष अं. २५ को मो. कादिर प्र-१-०५-००१प ३८२७ नम्बरको मोटरसाइकलबाट लडी घाईते अवस्थामा फेला परेकोले निजलाई तत्काल उपचारको लागि जिनिस अस्पताल कुशाहा सप्तरीमा पठाई प्रहरीको निग्रानीमा उपचार गराई मिति २०८०/०८/२१ गते अं. १०:३० बजेको समयमा ई.प्र.का. कडरबोनामा ल्याई निजलाई सोधपुछ गर्दा निजले सो समयमा नसालु पदार्थको सेवन गरि मो.सा. चलाई जाँदै गरेको अवस्थामा आफै अनियन्त्रित भई लडेको भनि बताएको हुँदा निजको शरीरको तलासी लिंदा निजले लगाएको पाईन्टको अगाडीको दाहिने गोजीबाट Diazepam 2 ml, Abuprenorphine injection 2 ml र phenergan 25 ml समेत २/२ पिस गरि जम्मा ६ पिस लागु औषध फेला परेको हुँदा निजलाई मो.सा.सहित पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको ।

चालु मुद्दाका फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०८-२१

धनुषा, उपरोक्त सम्बन्धमा रेणु कुमारको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला बारा कलैया न.पा. वडा नं. २४ श्रीपुर बस्ने पुनदेव प्रसाद गिरीको छोरा वर्ष २६को पपु कुमार गिरी भएको बैकिङ्ग कसुर मुद्दामा निज प्रतिवादी पपु कुमार गिरीलाई पक्राउ गर्नको लागि बारा जिल्ला अदालत कलैया बाराबाट मिति२०८०।०६।२५गते पक्राउ अनुमति आदेश प्रदान भई आएकोले निज प्रतिवादी हाल ताँहा कार्यलयको वडा एरियामा लुकि छिपी बस्दै आएको भनी सुचना प्राप्त हुन आएको हुँदा निज प्रतिवादीलाई तदारुकताका साथ खोजतलास एवं पक्राउ गरी प्रहरी चौकी बरमझिया धनुषालाई दाखिला गराई दिनुहुन अनुरोध भन्ने जि.प्र.का.बारा अ.अ. शाखाको च.नं. ४९४१ मिति २०८०।०८।१२  गतेको पत्र आदेशानुसार प्रहरी चौकी बरमझिया धनुषाबाट प्र.स.नि.को कमान्डमा टोली खटिगई निज प्रतिवादी पपु कुमार गिरीलाई खो.ता. गर्दै जाने क्रममा  मिति २०८०।०८।२० गते अं. १६:३० बजेको समयमा जिल्ला धनुषा सबैला न. पा. १२ रघुनाथपुर टोलमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी रितपुर्वक पक्राउ गरी जि.प्र.का.बारातर्फ पठाईएको । 

गाँजा सहित मानिस पक्राउ
२०८०-०८-२१

सिरहा, मिति २०८०।०८।२० गते अं. १७:०० बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा. १२ बुढीटोल स्थितमा ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी सिरहाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बुढीटोलबाट धनगढी तर्फ जाँदै गरेको पैदल यात्री ऐ. सुखिपुर न.पा. ८ बस्ने बचु रायको छोरा वर्ष अं. ४० को प्रलाद रायलाई शंका लागी चेकजाँच गर्दा निजले टाउकोमा बोकेको प्लाष्टिकको बोरा भित्र अं. ६ के.जी गाँजा फेला पारी गाँजा सहित निजलाई नियन्त्रणमा लिई  ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित मोटरसाईकल र मानिस नियन्त्रणमा
२०८०-०८-१९

 १.    सर्लाही, मिति २०८०।०८।१८ गते अं.२०:०० बजेको समयमा जिल्ला सर्लाही चक्रघटा गा.पा. ७ स्थितमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्र.ह. को कमाण्डमा खटिएको टोलीले ना.३० प ६७३६ नं.को मो.सा.लाई चेक जाँच गर्दा मो.सा. चालकले झोलामा बोकी ल्याउदै गरेको लागु औषध CODEDYL २९ बोतल फेला  पारि , ला.औ. , मो.सा. र मो.सा. चालक जि. सर्लाही  मंलगवा न.पा.३ बस्ने अं. वर्ष ३४ को ईफतिका अलि मिकरानीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  २.    सिरहा, मिति २०८०।०८।१८ गते अ. २०:३० बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.४ गोलबजार बाट  बलकवा जाने बाटोमा स.७ प २०७८ नं.को मो.सा. रोकी बाटो छेउमा चुरोट खादै गरेको अवस्थामा ई.प्र.का.गोलबजार सिरहाबाट प्र.स.ह. को कमाण्डमा खटिएको गस्ती टोलीले संका लागी सोध पुछ, चेक जाँच गर्ने क्रममा जिल्ला सिरहा गोलबजार न.पा.८ बस्ने प्रदिप मोचीको छोरा अं.वर्ष १९ को बिबेश महराको जिन्स पाइन्टको बायाँ गोजीबाट नाईट्रोभेट ऐन १ पतामा हुने  १५ पिस मध्ये ६ पिस बरामद भएको र सोही मो.सा.मा पछाडी सवार ऐ. गोलबजार न.पा.६ बस्ने टुनाई महराको छोरा अं.वर्ष १७ को सुरेन्द्र महरा  सँग केही फेला नपरेको हुदा लागुऔषध मो.सा.सहित दुबै जनालाइ नियन्त्रणमा लई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।