भन्सार छली चोरी पैठारी गरी ल्याएका ८५६० के.जी.गहु सहित ट्याक्टर नियन्त्रणमा
२०८०-०६-१७
- A
- A-
- A+
पर्सा, सूचना परिचालन
तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०८०।०६।१७ गते ०७:४०
बजेको समयमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राइ वीरगञ्जतर्फ ल्याउँदै
गरेको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१९
केहुनिया तिलावे पुल स्थित सडकखण्डमा ना.१ त. ९६४२ नम्बरको ट्याक्टरमा गहुँ लोड गरी
वीरगञ्ज ल्याउँदै गरेको अवस्थामा खटि गएको प्रहरी टोलीलाई देख्नासाथ ट्याक्टर चालक
उल्लेखित नम्बरको ट्याक्टर छाडी भागी फरार भएको हुँदा सो ट्याक्टर बेवारिसे
अवस्थामा फेला पारी बरामद गरी ट्याक्टर तथा उक्त ट्याक्टर सहित लोड रहेको गहु ८५६०
के.जी. अ.मू.रू. ७,३९,६८०/- (सात लाख उनन्चालीस हजार छ सय असी रुपैयाँ) बराबरको ट्याक्टर
र गहुँ थप अनुसन्धान तथा कारवाहीको लागि मिति २०८०।०६।१७ गते वीरगञ्ज भन्सार
कार्यालय, पर्सामा बुझाइएको ।