अबैध सामान सहित ट्रक पक्राउ
२०८०-०६-२१
- A
- A-
- A+
बारा, मिति २०८०।०६।१८
गते राति अं.२२:३० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१ पथलैया चोकमा बिशेष सूचनाको
आधारमा खटिएको प्रहरी टोलीले विरगंजबाट झापा तर्फ जाँदै गरेको ना.३.ख.१४३ नं.को ट्रकलाई
रोकी चेक जाँच गर्दा बिल विजक भन्दा बढी र सामानहरुको श्रोत खुलाउन नसकेको अं.मु.
रू. २८,५०,३६३/- (अठ्ठाईस लाख पचास हजार तिन सय त्रिसठ्ठी रुपैयाँ) बराबरको खुद्रा
सामानहरु सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको ।