फरार प्रतिवादी नियन्त्रण
२०८०-०६-२३
- A
- A-
- A+
१. सप्तरी, मिति २०८०।०६।२२ गते अं. १६:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको
प्रहरी टोलीले विभिन्न स्थान बाट १० जना फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिई समानित जिल्ला अदालत राजबिराज सप्तरीमा
बुझाईएको ।
२.
बारा, मिति
२०८०।०६।२२ गते अ.१८:४५ बजेको समयमा
जिल्ला बारा प्रसौनी गा.पा.-३ गण्डक स्थितमा
जि.प्र.का.बारा बाट प्र.स.नि.को कमाण्डमा खटिएको मोबाईल गस्ती टोलीले जिल्ला पर्सा बहुदरमाई न.पा.-४ बस्ने अ.बर्ष ५०
को बिजय कुमार रौनियारलाई क्रिते मुद्वाको (जरिवाना रू.१४,०००० (चौध लाख) ,मुद्वा
न.-०७२-CR-२१११, कैद १ बर्ष )फरार
प्रतिवादीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय
धनुषामा ल्याई
राखिएको ।
३.
सिरहा, मिति
२०८०।०६।२२ गते ११:५५ बजेको समयमा
जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं.६ मटियर्वा स्थितमा ई.प्र.का.मिर्चैया बाट प्रं.स.नि.को कमाण्डमा खटिएको टोलीले
जिल्ला प्रशासन कार्यालय सिरहाबाट मिति २०८०।०६।२१ गते पक्राउ पुर्जी जारी भएको अभद्र
ब्यवहार मुद्धाको अनुसन्धानको क्रममा वारदात पश्चात फरार रहेको प्रतिवादी
ऐ.ऐ.बस्ने सुर्य नाथ साहको छोरा बर्ष ३३ को सुरेश साह र ऐ.ऐ.बस्ने निजकै भाई बर्ष
२५ को राकेश साह समेतलाई निजकै गाउँ घर बाट फेला पारी पक्राउ गरी नियन्त्रणमा लिई, आवश्यक
कर्वाहीको लागि ईलाका प्रहरी
कार्यालय मिर्चैया सिरहामा ल्याई राखिएको ।
४.
सिरहा, मिति
२०८०।०६।२२ गते अं.१७:४० बजे प्रहरी
चौकी औरहीबाट प्र.ना.नि. को कमाण्डमा टोली खटी गई
जिल्ला सिरहा औरही गा.पा.३ बस्ने राम चन्द्र यादवको छोरा अं.वर्ष २५ को मुद्धा
नं.०२७३,लगत नं.५८३५ ,कैद ०-१-० जरिवाना रु.४,०००।- सवारी ज्यान मुद्धाको फरार
प्रतिवादी महेश कुमार यादवलाई गाउँ घरबाट
पक्राउ गरी आवश्यक कार्वाहिको लागि जिल्ला प्रहरी कार्याय
सिरहामा
पठाएको ।