गोली सहित मानिस पक्राउ
२०८०-०७-२२
- A
- A-
- A+
१. सप्तरी, मिति २०८०।०७।२१ गते अं.१९:०० बजेको समयमा जिल्ला
सप्तरी खडक नगरपालिका वडा नं.११ बनौली स्थित हुलाकी सडक खण्डमा अपरिचित केटाहरु
शंकित अवस्थामा हिंडिरहेको स्थानीय मानिसहरुले देखि तत्काल ई.प्र.का.कल्याणपुर
सप्तरीमा जानकारी गराउना साथ तत्काल प्र.नि.को कमाण्डमा टोली खटिई निजहरुसंग
सोधपुछ तथा शरिर खानतलासी गर्दा निम्न स्थान बस्ने निम्न २ जना मानिसहरुको साथबाट
निम्नानुसारको सरसामानहरु फेला पारी निजहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागी
ई.प्र.का.कल्याणपुर सप्तरीमा ल्याई राखिएको ।
निम्न:-
१)
जि.सिराहा
लक्ष्मिपुर पतारी गा.पा.२ बस्ने राम उदगार यादवको छोरा अं.बर्ष-१९ को धर्मजीत
कुमार यादवको साथमा ५ राउण्ड राईफलको (303) गोली फेला परेको ।
२)
जि.सप्तरी
खडक न.पा.११ बनौली बस्ने फुलेश्वर यादवको छोरा अं..बर्ष-१८ को हरी शंकर कुमार यादवको
साथबाट नाईट्रोभेट लेखिएको लागु औषध-२ चक्की र अं.२० ग्राम गाँजा फेला परेको ।