वैदेशिक रोजगारी ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०७-२४
- A
- A-
- A+
सिरहा, मिति
२०८०।०७।२३ गते अं.११:५५ बजेको समयमा जिल्ला सिरहा लक्ष्मिपुर पतारी गाउँपालिका
वडा नं. ३ बस्ने अं. वर्ष ३५ को साविर मलंगलाई बैदेशिक रोजगारी ठगी मुद्दामा
बैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएकोले निज प्रतिवादी आफ्नै गाउँघरमा
लुकिछिपी हिंडडुल गरिरहेको अवस्थामा ई.प्र.का.महेशपुर पतार सिरहाबाट प्र.ब.ह.को कमाण्डमा २ जनाको टोली
खटि गई निज साविर मलंगलाई पक्राउ गरी तत्काल ई.प्र.का. महेशपुर पतार सिरहामा ल्याई
राखिएको र बैदेशिक रोजगार बिभाग काठमाण्डौं पठाउने तयारी भइरहेको ।
पक्राउ परेका मानिसः-
नामः- साविर मलंग
उमेरः- ३५ वर्ष
ठेगानाः- लक्ष्मिपुर
पतारी गाउँपालिका वडा नं. ३