अवैध भन्सार छलीका सामान नियन्त्रणमा
२०८०-०७-२४
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०/०७/२३
गते जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं.१६ गणेश टोल बाईपास रोड स्थितबाट वडा
प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको मोबाईल टोलि, Q7,
शादा पोसाकको संयुक्त टोलीले अवैधरुपमा भारतबाट भंसार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउँदै गरेको अं. मु. रु.
१,६७,७००/- बराबरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वडा प्रहरी
कार्यालय विर्ता पर्सा ल्याएको ।
२.
सिरहा, मिति २०८०।०७।२३ गते जिल्ला सिरहा लहान
न.पा. २० ब्रमहाण गोछारी स्थित मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको टोली र ई.प्र.का.
लहान सिरहाबाट प्र.स.ह.को कमाण्डमा खटिएको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा ऐ.
स्थित रहेको आँपको बगैंचामा बेबारिसे अवस्थामा २ वटा प्लाष्टिकको बोरामा र १ वटा
कार्टुनमा अं. मु. रु. १,६२,०००/- बराबरको सामान फेला परेकोले उक्त सामानहरु
बरामद गरी ई.प्र.का. लहान सिरहामा ल्याई भन्सार बुझाउने प्रकृया भईरहेको ।