अवैध भन्सार छलीका सामान बरामद
२०८०-०८-०१
- A
- A-
- A+
रौतहट, मिति २०८०।०७।३० गते जि.प्र.का.रौतहट र अस्थायी प्रहरी पोष्ट बमनहरबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट यमुनामाई गा.पा. वडा नं. ४ बमनहर स्थित भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी चिनी तथा गहुँको बिउ BR 05 AB 4521 नम्बरको मो.सा.मा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि सामान सहित BR 05 AB 4521 नम्बरको मो.सा. छाडि भागी फरार भएकोले सो स्थानमा प्रहरी टोली गई वेवारिसे अवस्थामा रहेको मो.सा. १ थान , चिनी र गहुँको बिउ लगायतको मुल्य रु.१,६६,०००/- (एक लाख छैसठ्ठि हजार) बराबरको सामान स्थानिय मानिसहरुको रोहवरमा वरामद गरी आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको ।