अवैध काठ नियन्त्रण
२०८०-०८-०६
- A
- A-
- A+
रौतहट, मिति२०८०।०८।०५
गते अं. ०४:४५ बजेको समयमा जिल्ला रौतहट गुजरा न.पा.३ पशुपति टोल स्थित धनसर- जङगलसैया
सडक खण्डमा प्रदेश २-०३-००१च-५६७१ नम्बरको पिकपमा ल्याउँदै गरेको ५ ओटा गोलिया ८० क्यु
फिट बराबरको सालको काठ प्रहरी चौकी हरिनगर पर्साबाट प्र.स.नि को कमाण्डमा खटि गएको
प्रहरी गस्ति टोलि र सुरक्षा वेस जङगलसैयाबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको
संयुक्त गस्ति टोलिलाई देख्न साथ भाग्न खोज्दा चालक जिल्ला बारा निजगढ न.पा.८
खैरगारी टोल बस्ने अं. वर्ष २१ को बुद्धफिङ्ग र सहचालक ऐ.ऐ. बस्ने अं. वर्ष २२ को
संजय लामा सहित काठ (अं. मुल्य रु. १,६०,०००/-) र गाडी (अं. मुल्य रु. १०,००,०००/-) नियन्त्रणमा लिई जङगलसैया बनडिभिजन
कार्यालयलाई बुझाईएको ।