बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा
२०८०-०८-०६
- A
- A-
- A+
पर्सा,
मिति २०८०।०८।०५ गते २३:५५ बजे राती बिल विजक भन्दा बढी
खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको छ भन्ने
सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडक खण्डमा
ना.३ ख २७७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी
मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु. रू.७९,५६,०००/-
(उनासी लाख छपन्न हजार रुपैयाँ) बराबरको ट्रक भित्र लोड रहेको खुद्रा सामानहरू
नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०८।०६ गते
राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।