फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०८-१०
- A
- A-
- A+
रौतहट,
मिति २०८०।०८।०९ गते अं.१२:१५ बजेको समयमा जिल्ला रौतहट राजदेवी न.पा. वडा न. ७
मुडबलवा स्थितबाट बिद्युतीय कारोबार ऐन अन्तरगत कसुर मुद्दाका फरार प्रतिवादी
जिल्ला रौतहट राजदेवी न.पा. वडा न.७ मुडबलवा टोल बस्ने अनुठा राय यादवको छोरा
अं.बर्ष ४० को खेमन्चन प्रसाद यादव ऐ.स्थितमा लुकिछिपि बसिरहेको अवस्थामा प्रहरी चौकी
बेलबिछवा रौतहटबाट प्र.ह. को कमाण्डमा खटिएको टोलिले निजलाई नियन्त्रणमा लिई
जि.प्र.का.रौतहटमा पठाईएको ।