बिल बिजक भन्दा बढी खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८०-०८-११
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०८।०८ गते
अं. २३:३५ बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. वडा नं.१४ गण्डक चौक स्थितमा जिल्ला
प्रहरी कार्यालय पर्साबाट खटिएको सुचना संकलन टोलीले बिरगंजबाट नारायणगढ तर्फ जाँदै
गरेको ना. ३ ख. १००९ नं.को ६ चक्के ट्रक रोकी शंका लागि चेकजाँच गर्दा उक्त ट्रकमा
बिल बिजक भन्दा बढी खुद्रा माल सामान लोड भएको हुदाँ उक्त ट्रक नियन्त्रणमा लिई
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जि.प्र.का.पर्सामा ल्याई राखेकोमा मिति
२०८०।०८।०९ गते उक्त ट्रक बाहेक ट्रक
भित्र लोड रहेको माल सामानको मात्र अं. मुल्य रु. ४६,७६,७२४/- (छयालिस लाख छयहत्तर
हजार नौ सय एकसट्ठी) बराबरको ट्रकमा लोड रहेको खुद्रा सामानहरु आवश्यक अनुसन्धान
तथा कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको ।
२.
बारा, मिति २०८०/०८/१० गते अ २३:५० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा
उ.म.ना.पा.१ स्थित पथलैया चोक मा प्रहरी चौकी पथलैया बाराबाट प्र.ब.ना.नि. को कमाण्डमा
खटिएको चेकिङ टोलीले विरगंजबाट काठमाडौँ तर्फ जाँदै गरेको ना २ ख ९७८६ न.को
ट्रकलाई विशेष सुचनाको अधारमा रोकी चेकजाँच गर्दा विभिन्न किसिमको खुद्रा सामानहरू
बजार मुल्य भन्दा कम मुल्याङ्कन गरी बिल बिजक भन्दा बढी रहेको अं. मुल्य रू.
५५,१६,९४६/- (पचपन्न लाख सोह्र हजार नौ सय छयालिस) बराबरको सामान सहित ट्रक
नियन्त्रणमा लिई प्रहरी चौकी पथलैयामा राखिएकोमा मिति २०८०।०८।११ गते आवश्यक अनुसन्धान
तथा कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।