फरार प्रतिवादि नियन्त्रणमा
२०८०-०८-१४
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०/०८/१३ गते
अं.१९:०० बजेको समयमा जि.रौतहट गरुडा न.पा.५ स्थित शिवनगर बजारमा स्वास्थ्यकर्मी
तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, (संसोधन सहित) २०६६ दफा ३ अन्तर्गतको
कसुर (चालु) मुद्दाको फरार प्रतिवादि जि.रौतहट गरुडा न.पा.६ बस्ने वसिर देवानको छोरा
अं.वर्ष ३२ को रुसुब अख्तर र ऐ.गढिमाइ न.पा.६ बस्ने विधिचन यादवको छोरा अं.वर्ष २१
को मनोज कुमार यादव घुमफिर गरिरहेको छ भन्ने खबर प्राप्त हुनासाथ ई.प्र.का. गरुडा
रौतहटबाट प्र.नि. को कमाण्डमा टोली खटि गइ निजहरुलाई नियन्त्रणमा लिइ ई.प्र.का.
गरुडामा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।
२.
धनुषा, मिति २०८०।०८।१३ गते
अ.१४:०० बजेको समयमा जिल्ला धनुषा गणेशमान चारनाथ न.पा.१ बस्ने राम औतार दासको
छोरा अं. वर्ष २७ को चन्देश्चर दासलाई सवारी ज्यान मुद्दामा मिति २०७७।०३।०८ गते
सम्मानित धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेको निज प्रतिवादीलाई
ई.प्र.का. भरतपुर धनुषाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि ई.प्र.का.ढल्केबरमा
पठाईएको ।
३.
धनुषा, मिति २०८०/०८/१३ गते
अं. १७:०० बजेको समयमा जिल्ला धनुषा विदेह न.पा. ५ बस्ने कर्तब्य ज्यान सम्बन्धि
चालु मुद्दाका फरार प्रतिवादि ऐ.ऐ. बस्ने बेचन मण्डलको छोरा अं. वर्ष ४४ को राम
बहादुर मण्डललाई जि.प्र.का.धनुषाबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलिले ऐ. ०५
जामुन चोकबाट नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याईएको ।
४.
धनुषा, मिति २०८०/०८/१३ गते
अं.१६:०० बजेको समयमा ई.प्र.का.वरहथवा सर्लाहीमा सञ्चालनमा रहेको ठगी सम्बन्धि
चालु मुद्दाको फरार प्रतिवादी जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका १४ बस्ने
प्रमोद यादवको छोरा अं.वर्ष २४ को सुमन यादवलाई व.प्र.का. मुजेलिया, धनुषाबाट
प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी
जि.प्र.का.धनुषामा पठाईएको ।
५.
सिरहा, मिति २०८०।०८।१३ गते
१०:३० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा.६ स्थित ई.प्र.का. मिर्चैयाबाट
प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले ज.ज.क.उधोग (चालु) मुद्दाका फरार प्रतिवादी
ऐ.ऐ. बस्ने सुर्यनाथ यादवको छोरा अं. बर्ष ३५ को ईन्दल यादवलाई निजकै गाउँबाट
पक्राउ गरी आवश्यक कर्वाहीको लागि ई.प्र.का. मिर्चैयामा ल्याई थप अनुसन्धान कार्य
भईरहेको।