चालु मुद्दाका फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०८-२१
- A
- A-
- A+
धनुषा, उपरोक्त सम्बन्धमा
रेणु कुमारको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला बारा कलैया न.पा. वडा नं.
२४ श्रीपुर बस्ने पुनदेव प्रसाद गिरीको छोरा वर्ष २६को पपु कुमार गिरी भएको बैकिङ्ग
कसुर मुद्दामा निज प्रतिवादी पपु कुमार गिरीलाई पक्राउ गर्नको लागि बारा जिल्ला
अदालत कलैया बाराबाट मिति२०८०।०६।२५गते पक्राउ अनुमति आदेश प्रदान भई आएकोले निज
प्रतिवादी हाल ताँहा कार्यलयको वडा एरियामा लुकि छिपी बस्दै आएको भनी सुचना
प्राप्त हुन आएको हुँदा निज प्रतिवादीलाई तदारुकताका साथ खोजतलास एवं पक्राउ गरी प्रहरी
चौकी बरमझिया धनुषालाई दाखिला गराई दिनुहुन अनुरोध भन्ने जि.प्र.का.बारा अ.अ. शाखाको
च.नं. ४९४१ मिति २०८०।०८।१२ गतेको पत्र
आदेशानुसार प्रहरी चौकी बरमझिया धनुषाबाट प्र.स.नि.को कमान्डमा टोली खटिगई निज
प्रतिवादी पपु कुमार गिरीलाई खो.ता. गर्दै जाने क्रममा मिति २०८०।०८।२० गते अं. १६:३० बजेको समयमा
जिल्ला धनुषा सबैला न. पा. १२ रघुनाथपुर टोलमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी
रितपुर्वक पक्राउ गरी जि.प्र.का.बारातर्फ पठाईएको ।