फरार प्रतिवादी पक्राउ
२०८०-०८-२६
- A
- A-
- A+
सप्तरी, मिति २०८०।०८।२६ गते अं. ०१:०० बजेको समयमा जिल्ला सप्तरी
बोदेबर्साईन न.पा.३ सारसर बस्ने बिरजु ठाकुरको नाती योगेन्द्र ठाकुरको छोरा अं. वर्ष
२२ को राजन ठाकुर चोरी मुद्दामा ३ महिना ११ दिन कैद र रु. ५,०००/- (पाँच हजार रुपैयाँ
मात्र) जरिवान ठहर भएको फरार प्रतिवादीलाई ई.प्र.का. बोदेबर्साईनबाट खटिएको टोलिले
बोदेबर्साईन न.पा. वडा नं. ५ सत्रुधन चोकबाट पक्राउ गरी ई.प्र.का. बोदेबर्साईन
सप्तरीमा ल्याईएको ।