फरार प्रतिवादी पक्राउ
२०८०-०८-२७
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।०८।२६ गते
अं. १२:१५ बजेको समयमा प्र.चौ. लहानबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलीले
कुटपिट मुद्दाका फरार प्रतिवादी जिल्ला सिरहा लहान न.पा. ४ मण्डल टोल बस्ने हरि
गोबिन्द मण्डलको छोरा वर्ष अं. ८० को
गुलटेन मण्डल, ऐ.ऐ. बस्ने खुशिलाल मण्डलको छोरा वर्ष अं. ६८ को सोभितलाल मण्डल, ऐ.ऐ.
बस्ने खुशिलाल भण्डारीको छोरा वर्ष अं. ७२ को दिनेश भण्डारी र ऐ.ऐ. बस्ने खुशिलाल
भण्डारीको छोरा वर्ष अं. ५४ को शिवनारायण भण्डारीलाई पक्राउ गरी सम्मानित सिरहा
जिल्ला अदालत पठाईएको ।
२.
सप्तरी, मिति २०८०।०८।२६ गते
अं.११:०० बजेको समयमा जिल्ला सप्तरी साबिक नेङगडा गा.बि.स. वडा नं.४ हाल
बोदेबर्साईन न.पा.२ बौराहा बस्ने भोलि साहको नाति लसकरी साहको छोरा अं. वर्ष ७१ को
कुलदेव साह जालसाजी मुद्दामा जरिवान ५,८३३/३३ (पाँच हजार आठ सय तेंतिस रुपैयाँ तेंतिस
पैसा मात्र) भएको फरार प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय बोदेबर्साईन सप्तरीबाट
प्र.ब.ह. को कमाण्डमा खटिएको टोलिले निजकै घरबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत
सप्तरी राजविराजमा बुझाईएको ।