फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०९-०५
- A
- A-
- A+
१.
धनुषा, मिति २०८०/०९/०४ गते अं. १८:०५ बजेको समयमा जिल्ला धनुषा जनकपुर
उ.म.न.पा.१३ पिडारी चोक स्थितबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी जिल्ला
धनुषा लक्ष्मीनिया गा.पा. २ बस्ने राम बहादुर यादवको छोरा अं. वर्ष ३५ को राजिव कुमार यादवलाई वडा प्रहरी कार्यालय
मुजेलिया धनुषाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले पक्राउ गरी जि.प्र.का. धनुषामा पठाइएको ।
२.
सप्तरी, मिति २०८०।०९।०४ गते अं.१८:०० बजेको समयमा ई.प्र.का. कडरबोना सप्तरीको चालु मुद्दा
नं. २८ मिति २०८०।०५।२१ गते ज.ज.क. मुद्दाको फरार प्रतिवादी जिल्ला सिरहा लहान
न.पा. १२ भोटिया टोल बस्ने राम नारायण चौधरीको छोरा अं. वर्ष ३० को श्रवण भन्ने अभिमन्यु
चौधरी आफ्नो गाँउघरमा लुकिछिपि बसिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका
प्रहरी कार्यालय कडरबोना सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलिले पक्राउ
गरी ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीमा ल्याई राखिएको ।
३.
सप्तरी, मिति २०८०।०९।०४ गते अं.१८:४५ बजेको समयमा जिल्ला प्रहरी
कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले जिल्ला सप्तरी राजबिराज न. पा. ६ बस्ने
चोरी मुद्दाको २४ दिन कैद र रु. ७,५००/- जरिवाना तोकिएको फरार प्रतिवादी बर्ष ३३
को दिलिप मण्डललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई राखिएको
।