अपहरणमा परेको व्यक्तिहरु भारतमा सकुशल उद्दार
२०८०-०९-१२
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०।०९।०५ गते अं. १०:३० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका
वडा नं. १९ हुलाक चोक बस्ने वर्ष ४० को कृष्ण थापा र ऐ. रत्ननगर न.पा. वडा नं. १२
जिरौना बस्ने अं. वर्ष ३५ को दिपेन्द्र महत मोटरसाईकलमा रौतहटको चन्द्रपुर जान्छु
भनि हिडेकोमा मिति २०८०।०९।०७ गते बेलुका अं. १९:५१ बजेको समयमा निज कृष्ण थापाले मेसेन्जर
आईडीबाट म अपहरण परे, रु ६,००,०००।– (छ लाख ) फिरौति माग गरेको छ भनी कृष्ण थापाले
आफ्नो श्रीमतीलाई म्यासेन्ज्रमा कल गरेको भन्ने जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा
सुचना प्राप्त भएकोमा उक्त सुचना जिल्ला प्रहरी कार्यालय रौतहटमा समेत प्राप्त भई
अपरहणमा परेका मानिसहरु भारतको सिमावती ईलाकामा हुन सक्ने संम्भावना रहेकोले जिल्ला
प्रहरी कार्यालय रौतहटबाट भारतीय प्रहरीहरुसँग सहयोग तथा समन्वय गरी भारतीय
प्रहरीहरु द्वारा अप्रेशन सन्चालन गर्दा मिति २०८०।०९।१० गते भारतको सिमागढी
डुर्मा थानाबाट खटिएकको भारतीय प्रहरीद्वारा अपहरणमा परेका कृष्ण थापा र दिपेन्द
महत समेतलाई भारतको सितामढीबाट स-कुशल उद्दार गरेको र अपहरणमा संलग्न ६ जना पुरुष
व्यक्तिहरुलाई पक्राउ गरेको पिडितबाट भारतीय सितामढी प्रहरीले अपरहण तथा शरीर बन्धक
शिर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडी बढाएको, पिडितहरुलाई मिति
२०८०।०९।११ गते अं. १९:०० बजेको समयमा जि.प्र.का.रौतहटमा ल्याई निजहरुको
प्रारम्भिक स्वास्थ्य परीक्षण पश्चात आफन्तको जिम्मा लगाएको अन्य अनुसन्धान कार्य
जारी रहेको ।