फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०९-२२
- A
- A-
- A+
१.
बारा, मिति २०८०/०९/२१ गते अं.१८:१० बजेको समयमा
जिल्ला बारा कलैया उ.म.न.पा.-५ स्थित कलैया बजारबाट चोरी मुद्दाको १ महिना कैद र रू.१,४४०/-
जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा
कलैया उ.म.न.पा.-४ बस्ने सिताराम धानुकको छोरा अं. बर्ष ५० को पारस महतो धानुकलाई जि.प्र.का.
बाराबाट खटिएको प्र.ह.को टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का.बारामा
ल्याई राखिएको ।
२. बारा, मिति २०८०।०९।२१ गते अं. १३:१०
बजेको समयमा लागु औषध मुद्दाको ६ महिना कैद र रू. ५,०००/- (पाँच हजार) जरिवाना भएको फरार प्रतिवादी
जिल्ला बारा जितपुरसिमारा उ.म.न.पा.१६ रामनगर डाडाँ बस्ने कृष्ण बहादुर मोक्तानको
छोरा अं. बर्ष २९ को दिपक मोक्तानलाई निजकै घरमा लुकिछिपि बसेको अवस्थामा अ.प्र.पोष्ट
डुमरवाना बाराबाट खटिएको प्र.स.नि.को टोलिले नियन्त्रणमा लिई ई.प्र.का सिमरा पठाईएको
।
३.
धनुषा, मिति २०८०/०९/२१ गते
अं.१६:०० बजेको समयमा चोरी सम्बन्धि चालु मुद्दाको फरार प्रतिवादी जिल्ला धनुषा
जनकपुर उप-महानगरपालिका - १४ रजौल बस्ने पलट यादबको छोरा अं. वर्ष २६ को काले
भन्ने सत्रोहन यादबलाई वडा प्रहरी कार्यालय मुजेलिया धनुषाबाट खटिएको प्र.स.नि.को टोलिले
निजको घरबाट फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी जि.प्र.का.धनुषामा
पठाईएको ।